site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लोनमा बर्नमाउथ पुगे चेल्सीका गोलकिपर केपा 

काठमाडौं । इंग्लिस क्लब बर्नमाउथले चेल्सीका गोलकिपर केपा अरिजाबालागालाई चेल्सीबाट लोनमा भित्र्याएको छ । २९ वर्षीय केपा सन् २०१८ देखि चेल्सीमा आबद्ध थिए । 

उनलाई चेल्सीले ६ वर्षअघि स्पेनिस क्लब एथ्लेटिक विल्बाओबाट ७१ मिलियन पाउन्डमा भित्र्याएको थियो । केपामाथि स्पेनिस क्लब रियाल मड्रिडले पनि चासो देखाएको थियो । 

यस्तै, साउदी प्रो लिगको क्लब अल–इत्तिहादले पनि केपालाई अनुबन्ध गर्न प्रस्ताव गरे पनि त्यसलाई स्पेनिस गोलकिपरले अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

“म यहाँका समर्थकअघि खेल्न पूर्ण रूपमा तयार छु । आशा छ, हामीले कुनै उपाधि जित्नेछौँ र यो वर्ष उत्कृष्ट बनाउने छौँ,” लोन सम्झौतापछि केपाले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १७:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro