site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाप्रति खतिवडाको कटाक्ष : पार्टीभित्र बोल्नेबित्तिकै निकाल्नेले प्रजातन्त्रको कुरा गर्ने ? 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बोल्दा महामन्त्रीलाई पार्टीबाट निकाल्नेले लोकतन्त्रको कुरा गरेको कटाक्ष गरेका छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अरु पार्टी प्रजातान्त्रिक छैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएको पनि बताए । “प्रजातन्त्रको दुहाइ दिने साथीहरूको कुरा सुनेका छौँ । पार्टीभित्र बोल्नेबित्तिकै निकाल्ने महामन्त्रीजस्ता मान्छेलाई घोक्रेठ्याक लगाएर निकाल्ने अनि अरु पार्टी प्रजातान्त्रिक भएनन् भनेर भाष्य सिर्जना गर्ने काम पनि यहीभित्र भएकोे छ,” उनले भने । 

कसैलाई तर्साएर कानुन आफ्नो हातमा लिने पक्षमा सत्तारूढ गठबन्धन नरहेको पनि प्रष्ट पारे । “हामी वाक स्वतन्त्रताको पक्षमा छौँ । हामी कसैलाई दोष इष्या र प्रतिशोधका आधारमा कारबाही गर्नुपर्छ भन्ने पक्षमा छैनौँ,” उनले भने, “हामी दोष, कानुनको आधारमा कारबाही गर्नुपर्छ भनेका छौँ ।” 

आफू सत्तामा नहुने बित्तिकै देश ‘बंगलादेश र श्रीलंका’ हुने भन्ने माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति आपत्ति जनाए । उनले सरकार बनेपछि नेप्से परिसूचकमा उत्साहको लहर आएको बताए । एक अर्कालाई दोषारोपण गर्न आवश्यक नभएको उनको भनाइ छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro