site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘वर एण्ड वधु’ प्रिमियर : निर्देशकीय पक्षको तारिफ 
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र ‘वर एण्ड वधु’को बुधबार प्रिमियर गरिएको छ । मिलन चाम्सले निर्देशन गरेको चलचित्रको प्रिमियरमा कलाकारदेखि नेतासम्म पुगेका थिए । 

प्रिमियरमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, नायिका मिरुना मगर, निर्देशक ज्ञानेन्द्र देउजा, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाललगायत पुगेका थिए । 

चलचित्र हेरेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हरेक कोणबाट सिनेमा उत्कृष्ट बनेको बताए । उनले चलचित्र हेर्न दर्शकलाई आग्रह पनि गरे । 

हरिवंश र मदनकृष्णले चलचित्रको दृश्य, कथावस्तु, कलाकारको अभिनय र निर्देशकीय पाटोको तारिफ गरे ।

Capture-1724926707.JPG
 

दीपाश्री निरौलाले समग्रमा चलचित्र उत्कृष्ट बनेको बताइन् । उनले आँखा शित्तल हुने चलचित्र हेर्न पाएको बताइन् । 

कलाकार केदार घिमिरेले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए ।

नायिका मिरुना मगरले आँचल शर्मालाई भूमिका सुहाएको बताइन् । उनले, आँचलको भूमिकाले दर्शकको मन जित्ने विश्वास व्यक्त गरिन् । चलचित्र शुक्रबारबाट रिलिज हुँदै छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro