site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालन गर्न सरकारले पहल गर्ने

विराटनगर । मोरङको विराटनगरमा निर्मित शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालन गर्न संघीय सरकारले पहल गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विराटनगरको रोडशेष चोकस्थित संरचनाको बिहीबार निरीक्षण गर्दै सञ्चालन गर्न पहल गर्ने घोषणा गरेका हुन् ।

“यति राम्रो संरचना बनेको रहेछ । अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समन्वय गरेर सञ्चालनमा ल्याउनेछ । बनेको स्थिति र पूर्वाधार उपयोग गरिनेछ,” उनले भने, “धेरै कुरा बनिसकेको छ । नयाँ संरचना बनाएर खर्च गर्ने अवस्था छैन । बनेकोलाई सञ्चालनमा ल्याउने हो । यो ढंगबाट विकास भएको छ भन्ने अनुमान थिएन । क्याथल्याब र जनशक्ति संघीय, प्रदेश सरकार र स्थानीय सरकारले संयुक्त रूपमा बनाउने ।”

गंगालाल हृदयरोग उपचार केन्द्रले जनशक्ति उपलब्ध गराउने प्रबन्ध संघीय सरकारले गर्ने उनले बताए । तीनै तहका सरकारको समन्वयबाट विराटनगरमा हृदयरोग केन्द्र सञ्चालनमा ल्याइँदा धेरै सर्वसाधारणलाई फाइदा पुग्ने उनले उल्लेख गरे ।

शैलजा आचार्य हृदयरोग केन्द्र तत्कालीन मुख्यमन्त्री केदार कार्कीका पालामा सञ्चालनमा ल्याइएको थियो । कोरोनाकालमा नेसनल ट्रेडिङको भवनमा उक्त अस्पताल सञ्चालन गरिएको थियो । पछि कार्की नेतृत्वको सरकारले त्यो संरचनामा सुधार गरी हृदयरोग केन्द्र सञ्चालनको घोषणा गर्दै तयारी गरेको थियो ।

मन्त्री पौडेलले बिहीबारै कोसी अस्पतालमा क्यान्सर उपचार केन्द्रको उद्घाटन गरे ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १४:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro