site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘एक्टर’को पोस्टरमा आक्रमणमा परेका प्रदीप 

काठमाडौं । चलचित्र ‘एक्टर’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ । पोस्ट प्रोडक्सनमा रहेको चलचित्रको निर्माणपक्षले आज थिम पोस्टर सार्वजनिक गरेको हो । 

पोस्टरमा चलचित्रमा मुख्य कलाकार प्रदीप खड्का फिचर्ड छन् । लामो कपालमा रहेका उनको अनुहारमा चोट लागेको देखिन्छ । अनुहारमा रहेको आलो रगतले उनी कसैको आक्रमणमा परेको अनुमान लगाउन सकिन्छ ।  

कालो टिसर्टमा रहेका उनी कुनै होटेल वा क्लवमा हुन् कि भन्ने देखिन्छ । यद्यपि, प्रष्ट भने छैन । 

चलचित्र ‘एक्टर’ कात्तिक १५ मा रिलिज हुनेछ । राजन भुसालको निर्देशन गरेको चलचित्रमा प्रदीपसँगै डेव्यु अभिनेत्री दिव्या रायमाझी, आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौलालगायत कलाकारको अभिनय रहनेछ । 

चलचित्रमा थमन कुमार भण्डारी निर्माता हुन् । चलचित्रको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ११:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro