site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘एक्टर’ र ‘रावायण’को कथाले मिहिनेत मागेन ? 
SkywellSkywell

काठमाडौं । गत बिहीबार चलचित्र एक्टरको फर्स्टलुक पोस्टर सार्वजनिक भयो । पोस्टरमा चलचित्रका मुख्य नायक प्रदीप खड्का फिचर्ड छन् । 

पोस्टरमा प्रदीपका पाँचवटा लुक्स छन् । जसमध्ये घाइते लुक, पाइलटको पोसाकमा रहेको लुक्स, नेपाली पोसाकमा रहेको लुक्स, लामो कपालमा क्याजुअल पोसाकमा रहेको लुक र जाडोमा स्वेटर लगाएको लुक्स छन् । यी पाँच लुक्समध्ये टाउको र अनुहारमा चोट लागेको लुक्सलाई पोस्टरमा प्राथमिकता दिइएको छ । जसमा उनको टाउको ब्यान्डेज छ भने गाला र नाटकमा लागेको चोटमा टेप टाँसिएको छ । एउटा हात प्लास्टर गरिएको छ भने अर्को हातले टेकेको वैशाखीको सहाराले उनी उभिएका छन् । 

यसबाहेक उनको अर्को पाइलटको पोसाकमा रहेको लुक ठिकै छ । बाँकी लुक सामान्य तस्बिरभन्दा खासै फरक छैनन् । सामान्य अवस्थामा फेसबुकमा उनले पोस्ट गर्ने तस्बिरभन्दा पोस्टरमा आएका लुक फरक छैनन् । पोस्टरमा मेकरले खासै मिहिनेत गरेको देखिँदैन । 

Dabur Nepal
NIC Asia

स्रोतका अनुसार प्रदीप स्वयं पनि सिनेमाको यो फर्स्ट लुकलाई लिएर सन्तुष्ट छैनन् । उनले निर्माणपक्षसँग यस विषयमा असन्तुष्टि रहेको स्रोतको भनाइ छ । 

“पोस्टर राम्रो भएन । सिनेमाको क्यारेक्टर अनुसार बन्नुपर्थ्यो, यो त फ्यान भयो यसले राम्रो गर्दैन भनेर प्रदीपजीले भन्नुभयो,” प्रदीपलाई उदृत गर्दै स्रोतले भन्यो, “निर्माणपक्षले रस भयो भन्ने जवाफ दियो । तर उहाँले यसले सिनेमाको हाइप बनाउनेभन्दा पनि डामाडोल बनाउँछ ।” 

पोस्टरकै लागि भनेर डेढ हप्ता अगाडि प्रदीपको फोटो सुट गरिएको थियो । तर, अपेक्षित पोस्टर नआउँदा प्रदीपले मेकरसँग असन्तुष्टि जनाउनु परेको हो ।  ‘एक्टर’लाई राजन भुसालको निर्देशन गरेका छन् । 

यस्तै, पल शाह मुख्य भूमिकामा रहेको चलचित्र ‘रावायण’मा पनि केही कमजोरी देखिएका छन् । उनको गेटअप फरक देखाउन प्रयोग गरिएको विग र जुँगा दारी नक्कली रहेको प्रस्टै देखिन्छ । केही दिन अगाडि ट्रेलर सार्वजनिक कार्यक्रममा नै यसबारे निर्देशक सुदर्शन थापा र पलमाथि यो प्रश्न उठेको थियो । उनीहरूले यसबारे बचाउ गरेका थिए । 

एक्सन भूमिकामा रहेका पलले प्रयोग गरेका दारी र जुँगा नक्कली हो भन्ने प्रष्ट देखिन्छ । पछिल्लो समय कलाकारले जीवन्त क्यारेक्टर देखाउन कपाल पाल्ने, शरीर मोटो बनाउन ‘वेट गेन’ गर्ने तथा दुब्लो पातलो देखाउन ‘वेट लुज’ गर्ने गरेका छन् । 

यसको पछिल्लो उदाहरणका रूपमा चलचित्र ‘अगस्त्य च्याप्टर–१’मा सौगात मल्लले गरेको मिहिनेतलाई लिन सकिन्छ । उनी यो सिनेमाको क्यारेक्टरमा रियल पात्रजस्तै देखिएका छन् । 

तर, ‘रावायण’मा पलको हकमा यो मिहिनेत क्याक्टर निर्माणमा हालसम्मका यो सिनेमाका बाहिर आएका कन्टेनमा देखिएको छैन ।

नेपाली चलचित्र उद्योगमा सिनेमाको ‘कथाले माग्यो’ भन्ने भनाइ चर्चित छ । तर, कतिपय निर्माण टिमले भने यसलाई खासै वास्था गरेको देखिँदैन । कथा अुनसार कलाकार चयन गर्न नसक्दा वा नचाहँदा त्यसको नकारात्मक असर चलचित्रमा प्रस्टै देखिन्छ ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu