राजनीति
काठमाडौं । सत्ता पक्षकै सांसदले अस्वभाविक रूपमा बजार भाउ बढिरहेको र सरकारले नियन्त्रणका लागि उचित कदम नचालेको भन्दै प्रश्न उठाएका छन् ।
नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले मूल्य बृद्धिका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा अर्थसमितिको सभापति समेत रहेका चालिसेले मूल्यबृद्धिको ठोस कारण नहुँदा समेत भइरहेको मूल्यबृद्धिले नेपालीको भान्सा महंगो भएको र आम्दानीले धान्न नसक्ने अवस्था बनिरहेको बताए ।
“यस्तो अवस्थाको नियन्त्रण गर्नेतर्फ सरकारले किन उचित कदम चालेको छैन ?,” चालिसेले भने ।
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१ १३:५०
प्रतिक्रिया दिनुहोस्