site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री र मन्त्रीलाई संसदीय समितिले भन्यो– भाषणबाट जनता दिक्क भइसके, अब धेरै नबोल्नू
Tiktok banner adTiktok banner ad

काठमाडौं । संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीहरूलाई भाषणभन्दा काममा ध्यान दिन निर्देशन दिएको छ । मंगलबार राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले प्रधानमन्त्री र मन्त्रीहरूलाई भाषणभन्दा पनि काम आवश्यक रहेकाले धेरै नबोल्न निर्देशन दिएको हो ।

बैठकमा सभापति कमला पन्तले जनता प्रधानमन्त्री र मन्त्रीहरूले काम गरेको हेर्न चाहेकाले भाषणभन्दा पनि काम गर्न आग्रह गरिन् । उनले विशेष गरी प्रधानमन्त्रीले बोल्ने कुराहरू कानूनजस्तै भएकाले प्रधानमन्त्रीले भाषणभन्दा पनि काम गर्न आवश्यक रहेको बताइन् ।

"प्रधानमन्त्री तथा सरकारका मन्त्रीहरूलाई पनि बोल्ने भन्दा पनि काम गर्नुस् । प्रधानमन्त्री र मन्त्री फिल्डमा जाने भाषण गर्ने भन्दा पनि नबोल्नुस्, अहिले काम गर्नुस् । काम गरेपछि बोलेको भन्दा बढी हुन्छ । जनता मन्त्रीहरूको भाषण सुनेर दिक्क भएका छन् । समितिहरूका कमजोरीहरू पनि छन् । विधायकी भूमिकामा बस्नेहरूको पनि निगरानी पुगेन । प्रधानमन्त्रीले बोलेको कुरा कानून हो, धेरै बोलेर के अर्थ हुन्छ । बोल्नु भएन काम गर्नुपर्‍यो," उनले भनिन् ।

सरकारले कृषिमा आधारित उद्योगहरू बढाउन आवश्यक रहेको भन्दै उनले कृषि र उद्योग मन्त्रालयको समन्वयमार्फत लगानीको वातावरण बनाउन आग्रह गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro