site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहिरो खस्दा हेटौँडा–काठमाडौं जोड्ने दुई सडक अवरुद्ध
फाइल तस्बिर ।

वाग्मती । वर्षासँगै खसेको पहिराका कारण आज दिउँसोदेखि हेटौँडा–काठमाडौं जोड्ने दुई सडक पूर्णरूपमा अवरुद्ध भएका छन् । 

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, रामचन्द्र भञ्ज्याङस्थित सिस्नेरी कुलेखानी फर्पिङ काठमाडौं सडकखण्डमा वर्षाका कारण लेदो खसेर बाटो पूर्ण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

कान्तिलोकपथस्थित मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार सडकखण्डमा पनि वर्षासँगै खसेको लेदोसहितको पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध भएका दुवै सडकमा पहिरो हटाउने काम भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।
 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  २०:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro