काठमाडौं । देशका केही स्थानमा सोमबार दिउँसो मध्यमदेखि भारी वर्षा भएको छ । काठमाडौंमा पनि केही स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।
काठमाडौंका धाप ड्याम, साँखु, सुन्दरीजल, कपन र आसपासको क्षेत्रमा भारी वर्षा भएको छ । वर्षासँगै विभिन्न खोलामा पानीको बहाव बढ्ने भएकाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“भदौ १०, दिउँसो २ बजे । पछिल्लो एक घण्टामा काठमाडौं उपत्यकाको धाप ड्याम, साँखु, सुन्दरीजल, कपन र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेको हुँदा वाग्मती, सालीनदी, धोबीखोला, विष्णुमतीलगायत अन्य खोलाको बहाव बढ्ने देखिएकाले नदीतटीय क्षेत्रमा रहनुहुनेले साँझसम्म सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।