site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतको न्यूनचापीय क्षेत्रको नेपालसम्म प्रभाव, केही स्थानमा भारी वर्षा
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा सोमबार (आज) दिउँसो भारी वर्षा भएको छ । चितवनका शक्तिखोर, कालीखोलालगायत स्थानमा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

काठमाडौंमा पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए । “काठमाडौंमा विशेष गरी उत्तरी क्षेत्रमा भारी वर्षाको सम्भावना छ,” उनले बाह्रखरीसित भने ।

काठमाडौंमा केही स्थानमा वर्षा भइरहेको छ । विशेष गरी वाग्मती प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा गराउने प्रणाली विकास भएको उनले बताए ।

हालको मेघगर्जन/चट्याङसहित वर्षा गराउने प्रणाली लामो समय नरहने उनले स्पष्ट पारे । यस्तो प्रणाली दुई/तीन घण्टा कायम रहने उनले जानकारी दिए ।

“मेघगर्जनसहित यस्तो वर्षा गराउने प्रणाली धेरै समय हुँदैन,” उनले भने, “दुई/तीन/चार घण्टासम्म यसको प्रभाव रहन्छ ।”

हाल नेपालमा मनसुनी वायुसहित वर्षा गराउने मिश्रित प्रणालीको प्रभाव रहेको उनले बताए । एकभन्दा बढी प्रणालीको प्रभाव देखिएको उनको भनाइ छ ।

भारतको गुजरात आसपास न्यूनचापीय क्षेत्र बनेको छ । बंगालको खाडीबाट नजिक पर्ने भारतकै झारखण्ड आसपास पनि अर्को न्यूनचापीय क्षेत्र बनेको छ । त्यसको समेत प्रभाव नेपालमा परेको मौसमविद् झाले जानकारी दिए ।

“बंगालको खाडीको उत्तरी कुना, झारखण्डमा एउटा र गुजरात आसपास अर्को न्यूनचापीय क्षेत्र बनेको छ,” उनले भने, “त्यहाँबाट जलवाष्पयुक्त हावा यहाँ आइरहेको छ । त्यो हावा पहाडमा ठोक्किएर वर्षा हुने स्थिति छ ।”

यसबाहेक हाल वर्षा हुनुमा स्थानीय वायु वा प्रणालीको पनि भूमिका रहेको उनले बताए । “मिश्रित प्रणालीको प्रभाव छ । झारखण्ड आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव काठमाडौंमा पनि देखिएको छ,” उनले भने, “तर, यसकै बढी भन्ने अवस्था छैन ।”

हाल मनसुनको अवधि भएकाले विशेषतः यसकै कारण वर्षा भएको उनले स्पष्ट पारे ।

भारतको मौसम विज्ञान विभागले त्यहाँका केही स्थानमा दुई–तीन दिन भारी वर्षाको सम्भावना रहेको भन्दै ‘रेड अलर्ट’ जारी गरेको बीबीसी हिन्दीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro