site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दोरम्बा पहिरो : शव परीक्षण गरी परिवारलाई बुझाइयो

मन्थली । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा गए राति खसेको पहिरोमा परी मृत्यु भएका ६ जनाको शव घटनास्थलमै परीक्षण गरी परिवारलाई बुझाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार, उपचारका निम्ति घाइतेलाई काठमाडौं पठाइएको छ । मृतकको शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको हो ।

हराइरहेका अरू चारजनाको खोजी भइरहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । पहिरो एक किलोमिटर लामो भएकाले खोजतलासमा समस्या भइरहेको उनले बताए ।

पहिरोमा परी शैलुङ–३ की ३० वर्षीया चण्डिका श्रेष्ठ, उनको १८ महिने छोरा आयुष, सोही वडाका क्रमशः ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीया सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरीको मृत्यु भएको थियो ।

उक्त वडाको लेखर्कमा शनिबार राति परेको अविरल वर्षाका कारण खसेको पहिरोले तीन घर बगाएको र एउटा घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोले शैलुङ–२ र ३ को सिमानामा रहेको अँधेरीखोलाको पक्की पुल पनि बगाएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro