site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस–एमाले घमन्डी, भ्रष्ट पार्टी हुन् : झलनाथ खनाल

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा दुई पार्टी ‘सिस्टम’ आउने सम्भावना नरहेको बताएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वको सत्ता गठबन्धनलाई दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको संज्ञा दिँदै उनले उनीहरूले दुई पार्टी सिस्टम ल्याउने धृष्टता गरे पनि त्यो सम्भव नहुने जिकिर गरे ।

आइतबार काठमाडौंमा आयोजित पार्टी केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा उनले नेपालमा दुई पार्टी सिस्टम ल्याउने कुरा कल्पनामा मात्र सीमित हुने टिप्पणी गरे । नेपालमा त्यो सिस्टम असम्भव रहेको उनको भनाइ थियो ।

Dabur Nepal
NIC Asia

कांग्रेस र एमाले घमन्डी र भ्रष्ट पार्टी रहेको भन्दै उनले उनीहरूले संविधान संशोधनका निम्ति चलाएको हल्ला पनि काम नलाग्ने बताए । दुई ठूला पार्टीले आफूहरूको सहयोगबिना संविधान संशोधनका नाममा ‘कमा’ र ‘फुलस्टप’ पनि परिवर्तन गर्न नसक्ने उनले उल्लेख गरे ।

उनले संविधान संशोधनका नाममा समानुपातिक समावेशी प्रणाली हटाउने धृष्टता सत्तारूढ दलहरूले गरेर नेपाली जनताले त्यसको प्रतिरोध गर्ने चेतावनी समेत दिए ।

सम्मानित नेता खनालले कांग्रेसमाथि सवार भएर प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता चलाइरहेको भन्दै त्यसले एमालेभित्र ठूलो असन्तुष्टि बीजारोपण गरेको जिकिर गरे ।

कार्यक्रममा झलनाथ खनालको भनाइ पढ्नोस्–
दुईवटा पार्टीको सरकार बनेको छ । यी दुई घमन्डी पार्टीहरू हुन् । भ्रष्ट पार्टीहरू हुन् । र, अवसरवादी पार्टीहरू हुन् । एउटा त प्रतिक्रियावादी दलाल पुँजीवादको प्रतिनिधि नै भइहाल्यो । अर्को, घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी हो । दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको गठबन्धन । यो ढंगको गठबन्धन सरकार बनेर उसले के धृष्टता गर्दै छ भन्दा दुई पार्टी सिस्टम बनाउने । जुन कुरो मलाई लाग्छ, यो सूर्यमुनि असम्भव छ । कम से कम नेपालमा चाहिँ असम्भव छ । यो उनीहरूको ख्याली पुलाउबाहेक अरू केही होइन र हुनेवाला पनि छैन । अब यो देशमा मल्टी पार्टी सिस्टम स्थापना भएको छ । यो पुँजीवादी मल्टी पार्टी सिस्टम हो । पुँजीवादमा मल्टी पार्टी सिस्टम त्यसको अन्तिम अवस्थासम्म रहन्छ । यो मल्टी पार्टी सिस्टमलाई यही प्रक्रियाअन्तर्गत जतिसुकै ठूलो पार्टी किन नहोस्, एउटैले दुईतिहाइ लिएर आए पनि सम्भव छैन । हामीसँग थियो नि हिजो दुईतिहाइ बहुमत, हामी पनि सक्दैनौँ । अब उनीहरूले त्यो कल्पना मात्रै हो । अहिले उनीहरू संविधान संशोधनको हल्ला फिँजाइरहेका छन् । संविधान संशोधनको हल्ला जतिसुकै पिटाए पनि दुई वर्षसम्म उनीहरूले एक्लै अगाडि बढ्न खोजे भने यो संविधानको न कमा चेन्ज गर्न सक्छन् न फुलस्टप चेन्ज गर्न सक्छन् । हाम्रो सहयोगबिना केही पनि गर्न सक्दैनन् । उनीहरूले जतिसुकै नचाहे पनि हाम्रो सहयोगबिना उनीहरूले गर्न सक्ने अवस्था देखिँदैन । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro