site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भारतमा मृत्यु भएका तीनजनाको शव ल्याइँदै

चितवन । भारतको उत्तराखण्ड राज्यस्थित रुद्रप्रयाग जिल्लामा पहिरोमा परी मृत्यु भएका चितवनको माडीका तीनजनाको शव ल्याइँदै छ । शव शनिबार रातिसम्म घर ल्याइपुर्‍याइने माडी नगरपालिकाकी प्रमुख ताराकुमारीकाजी महतोले बताइन् ।

नगर प्रमुख महतोका अनुसार, शुक्रबार बेलुका शव परीक्षण सकिएपछि शनिबार दिउँसो गड्डाचौकीनाका हुँदै नेपाल ल्याइएको छ । शव बोकेको एम्बुलेन्स बाटोमा रहेकाले शनिबार रातिसम्म माडी आइपुग्ने उनले जानकारी दिइन् ।

बद्रीनाथबाट केदारनाथ जाने सडकमा पर्ने फाटा क्षेत्रमा बिहीबार मध्यराति खसेको पहिरोमा परी माडीका तीन र दैलेखका एक मजदुरको मृत्यु भएको थियो । उनीहरू सुतेको अवस्थामा पहिरो खसेको थियो ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार, पहिरोले पुरिएर माडी नगरपालिका–२, शीतलपुरका ५८ वर्षीय तुलबहादुर दमाईं, माडी–१, भंगताका २६ वर्षीय कृष्णबहादुर परियार र माडी–५, छरछरेका २८ वर्षीय पूर्णबहादुर नेपाली तथा दैलेखका दीपक बुढाको घटनास्थलमा मृत्यु भएको हो ।

“मैले मृतकका परिवारलाई भेटिसकेकी छु । मृतक तीनजनाकै आर्थिक अवस्था कमजोर रहेछ,” नगर प्रमुख महतोले भनिन्, “मृतकका परिवारलाई राहत दिने विषयमा अब बस्ने कार्यपालिका बैठकले निर्णय गर्नेछ ।”

परिवारजन उतै रहेकाले दैलेखका दीपकको शव रुद्रप्रयागमै दाहसंस्कार गरिने जानकारी प्राप्त भएको उनले बताइन् ।

पेट्रोलपम्प र बाटो निर्माणमा मजदुरका रूपमा काम गर्दै आएका उनीहरू पवनहंश हेलिप्याडनजिकको शिविरमा बस्ने गरेका थिए । रासस

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  २२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro