site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सुरु, के होलान् महासमितिबाट पारित प्रस्ताव ? 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । गत साउन २३ देखि २८ सम्म चलेर स्थगित भएको बैठक आज पुनः सुरु भएको हो । 

सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सुरु भएको बैठकका मुख्य मुद्दा महासमितिमा प्रस्तुत प्रस्तावलाई कसरी पारित गर्ने भन्नेमा केन्द्रित छ । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाका दुई प्रस्तावमा रहेको विषयहरू पार्टी संस्थापनले स्वीकार नगर्दा त्यसको पुनर्लेखनका लागि बैठक स्थगित गरिएको थियो । 

महामन्त्री शर्माले अगाडि सारेको पदसम्बन्धी प्रस्ताव र थापाको चुनावी गठबन्धन नगर्नेसम्बन्धी दुईवटा विषयलाई नेपाली कांग्रेसको संस्थापनले आपत्ति जनाउँदै आएको छ । महामन्त्री शर्माले नेतृत्व हस्तान्तरणको स्वभाविक पद्धति विकास गर्न एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटकसम्म सांसद बन्न पाउने र त्योभन्दा बढी पटक एउटै व्यक्तिले पद लिन नपाउने प्रस्ताव गरेपछि त्यसको विरोध भइरहेको छ । 

शर्माको प्रस्ताव लागु भए २०४८ देखि २०६४ सम्म चुनाव जितेर पद लिएका व्यक्ति स्वतः बाहिरिनेछन् । महामन्त्री गगन थापाको चुनावी गठबन्धन नगर्ने प्रस्तावबाट भने संस्थापन पक्ष अप्ठ्यारोमा परेको छ । संस्थापन पक्षले अन्य दलको गठबन्धन भएमा गठबन्धन अनिवार्य हुने भन्दै त्यसमाथि सैद्धान्तिक प्रश्न उठाएको छ । 

चुनावी गठबन्धन गर्ने वा नगर्ने विषय नीति होइन रणनीति हो र त्यो दस्तावेजमा लेखिने नभएर तत्कालीक अवस्थामा निर्णय गर्ने विषय भएको संस्थापन पक्षको तर्क छ । त्यही कारण उसले चुनावी गठबन्धन नगर्ने विषय दस्तावेजबाट झिकिनु पर्ने माग राखेको छ । 

तर महामन्त्री गगन थापाले पार्टीका कार्यकर्ताले आफ्नै चुनाव चिह्नमा भोट हाल्न पाउनुपर्ने प्रस्तावका विपक्षमा को–कोे उभिन्छ भनेर आफूले र नेता कार्यकर्ताले त्यसको हिसावकिताव राख्ने बताएका छन् ।

बैठकमा आज पदाधिकारी र पूर्वपदाधिकारीले बोल्ने क्रम चलिरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १४:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro