site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साफ यू–२० च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता 

काठमाडौं । समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध २–१ को जित निकाल्दै नेपाल समूह ‘ए’ को विजेता बन्दै साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा नेपाललाई जित दिलाउन समीर तामाङ र निराजन धामीले गोल गरे । यस्तै, बंगलादेशका मिराइजुल इस्लामले एक गोल गरे । 

खेलको तीन गोल नै पहिलो हाफमा भएको थियो । खेलको १७औँ मिनेटमा तेस्रो सेकेन्डमा नेपालका समीरले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । बंगलादेशको कर्नरलाई नेपाली रक्षकले क्लियर गरेको बललाई बंगलादेशी गोलकिपरबाट खोस्दै समीरले खाली पोस्टमा बललाई जाली चुमाए । 

यसको १०९ सेकेन्डपछि नेपालका निराजनले घरेलु टिमको अग्रता दोब्बर बनाए । 

निराजनले १८औँ मिनेटको ५२औँ सेकेन्डमा गोल गरेपछि नेपालले अग्रता २–० मा पुर्‍याएको थियो । ४२औँ मिनेटमा मिराइजुल इस्लामले गोल गरेपछि बंगलादेशले पहिलो हाफमा स्कोरालाइनलाई २–१ मा ल्यायो । 

१८ यार्ड बक्सभित्र नेपालका रक्षकले इस्लाममाथि नै फाउल गरेपछि बंगलादेशले पेनाल्टीको अवसर पाएको थियो । जसमा इस्लामले कुनै गल्ती गरेनन् । 

यसपछि दुवै टिमबाट थप गोल हुन नसक्दा नेपाल जितसहित समूह विजेता बनेको हो । नेपालले अब फाइनल प्रवेशका लागि समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

यसअघि समूह चरणको पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० ले हराएको थियो । बंगलादेशले पनि श्रीलंकाविरुद्ध २–० को जित निकालेपछि सेमिफाइनलमा स्थान पक्का गरेको हो । भदौ २ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल ६ टिमको सहभागिता छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro