खेल

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत आज नेपालले बंगलादेशसँग खेल्दै छ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।
मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकाविरुद्ध २–० को जित निकालेसँगै नेपालको सेमिफाइनल यात्रा निश्चित भएको थियो ।
बंगलादेशले पनि सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । नेपाल र बंगलादेशले समूह ‘ए’बाट सेमिफाइनल यात्रा तय गरेका हुन् ।
यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा श्रीलंकाविरुद्ध १–० को जित निकाल्दै समूहमा तीन अंक जोडेको थियो । आज नेपाल र बंगलादेशबीचको खेलबाट समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
भदौ २ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालसँगै दक्षिण एसियाका ६ टिमको सहभागिता छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१ ०८:१०
प्रतिक्रिया दिनुहोस्