site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वर्ष खेलाडी चुनिए फोडेन 

काठमाडौं । म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेनले व्यावसायिक फुटबल एसोसियसन वर्ष खेलाडीको अवार्ड जितेका छन् । एसोसियनले मंगलबार युवा मिडफिल्डर फोडेनलाई वर्ष खेलाडी चयन गरेको हो । 

यस्तै, चेल्सीका विंगर कोल पाल्मेर वर्षको उत्कृष्ट युवा खेलाडी चयन भएका छन् । प्रिमियर लिगको इतिहासमा सन् २००९–१० को सिजनपछि यी दुवै अवार्ड इंग्लिस खेलाडीले जितेको यो पहिलो पटक हो । 

Dabur Nepal
NIC Asia

यसअघि उक्त सिजन वाइन रुनी वर्ष खेलाडी र जेम्स मिल्नर वर्ष युवा खेलाडी चुनिएका थिए । “यो अवार्ड जित्नु केही विशेष हो । यसका लागि म गौरवान्वित र कृतज्ञ महसुस गरिरहेको छुँ,” वर्ष खेलाडी चुनिएपछि फोडेनले भने । 

गत सिजन सिटीले ऐतिहासिक रूपमा लगातार चौथोपटक प्रिमियर लिगको उपाधि जित्दा फोडेनले ३५ खेलमा १९ गोल गरेका थिए । यस्तै, वर्ष युवा खेलाडी चुनिएका पाल्मेरले चेल्सीबाट ३४ खेल खेल्दा २२ गोल गरेका थिए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro