site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
समाओका ब्याटरले बनाए एकै ओभरमा कीर्तिमानी ३९ रन 

काठमाडौं । समाओका ब्याटर डुरियस भिसेरले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान बनाएका छन् । 

भिसेरले टी–२० विश्वकप इस्ट एसिया प्यासिफिक क्षेत्रीय छनोटअन्तर्गत मंगलबार भानुआतुविरुद्धको खेलमा यो कीर्तिमान बनाएका हुन् । भानुआतुविरुद्ध उनले ६२ बलमा १३२ रन बनाए । 

२८ वर्षीय भिसेरले तेस्रो अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमै यो कीर्तिमान बनाएका हुन् । उनले भानुआतुका नालिन निपिकोको ओभरको ६ बलमा ६ छक्का प्रहार गरे । योसँगै भिसेर ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने चौथो ब्याटर समेत बने ।

उनले पहिलो इनिङको १५औँ ओभरमा ३९ रन बनाएका हुन् । उक्त ओभरको सुरुआती तीन बलमा भिसेरले लगातार तीन छक्का प्रहार गरेका थिए । चौथो नो बल हुँदा भिसेरले अर्को अतिरिक्त बलमा पनि छक्का प्रहार गरे । पाँचौँ बल निपिकोले डट बल गर्छन् । तर, छैटौँ बल पुनः नो बल भएपछि भिसेरले नो बलमा पनि छक्का प्रहार गर्छन् । तर, निपिकोले फ्याकेको यो बललाई पनि अम्पायरले नो बलको इशारा गर्छन् । र, अन्तिम अतिरिक्त बलमा पनि भिसेरले छक्का प्रहार गर्दै ३९ रन जोड्न सफल बन्छन् । 

भिसेरले ६ छक्कासहित ३६ रन बनाउँदा अरु तीन रन अतिरिक्त रूपमा हुन् । खेलमा समाओले १७४ रन बनाउँदै भानुआतुलाई १७५ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा भानुआतुले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६४ रनमात्र जोडेपछि समाओले खेल १० रनले आफ्नो पक्षमा पारेको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro