site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विकासका निम्ति जुटाउनुपर्ने सरकारी लगानी घट्दै गयो : अर्थमन्त्री पौडेल 

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका निम्ति जुटाउनुपर्ने सरकारी लगानी विश्वभरि नै कम हुँदै गएको बताएका छन् ।  मंगरबार अर्थ मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ र यूएनले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

राजस्वबाट संकलन हुने रकम सार्वजनिक ऋण तिर्नमा खर्च गर्नुपर्ने बाध्यता बढेको उनले सुनाए । त्यसकारण लगानी गर्ने सरकारी खर्च कम हुँदै गएको उनले उल्लेख गरे ।

उनले नेपालमा जलवायु परिवर्तनको मुद्दा ज्वलन्त बन्दै गएको बताए । अन्तर्राष्ट्रिय फोरममा यस्ता मुद्दालाई स्थान दिइनुपर्नेमा उनले जोड दिए ।

उनले हाल नेपाल सरकार रोजगारीसहितको विकासका पक्षमा रहेको बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि, साना तथा मझौला उद्योगमा गएको कर्जाले अर्थतन्त्रमा ठूलो योगदान गर्ने बताए । निजी क्षेत्रमा जाने कर्जा बढेको उनको भनाइ छ ।

राष्ट्र बैंकले आर्थिक अवस्थालाई मध्यनजर गरेर समयनुकूल नीति बनाउँदै आएको उनले जानकारी गराए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro