site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मायोर्कासँग रोकियो रियाल

काठमाडौं । स्पेनिस ला लिगाको साविक विजेता रियाल मड्रिड नयाँ सिजनको पहिलो खेलमै रोकिएको छ । रियाल आइतबार भएको ला लिगाको आफ्नो पहिलो खेलमा मायोर्कासँग १–१ को बराबरीमा रोकिएको हो ।

स्टाडियो मायोर्का सन माइक्समा रियालले सुरुआती अग्रता बनाए पनि त्यसलाई कायम राख्न सकेन । १३औँ मिनेटमा भिनिसियस जुनियरको पासलाई सदुपयोग गर्दै रोड्रिगोले रियाललाई अग्रतामा राखेका थिए । तर, ५३औँ मिनेटमा भेदात मुरिकीले गोल गरेपछि घरेलु टिम मायोर्का खेलमा फर्किएको थियो ।

इन्ज्युरी समयमा फल्यान्ड मेन्डीले रातो कार्डको दर्शन गरेपछि रियाल १० खेलाडीमा समेटिएको थियो । रियाल एक अंकसहित तालिकाको १३औँ स्थानमा छ । एक अंककै मायोर्का नवौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ०९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro