विदेश
काठमाडौं । कार्यस्थलमा सुरक्षाको माग गर्दै राजधानी नयाँ दिल्लीसहित भारतभरका चिकित्सकले विरोध प्रदर्शन गरेका छन् ।
गएको हप्ता कोलकाताको आरजी कार मेडिकल कलेज एवं अस्पतालमा ३१ वर्षीया डाक्टरको बलात्कार र हत्यापछि प्रदर्शन सुरु भएको थियो । उक्त घटनाले स्वास्थ्य सेवामा सुरक्षाको चिन्ता बढाएको चिकित्सकको भनाइ छ ।
आन्दोलनकारीले सरकारलाई चिकित्सा कर्मचारीको सुरक्षा र सुरक्षित रूपमा काम गर्ने वातावरण बनाउन कडा कदम लागु गर्न आग्रह गरेका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१ १८:४८
प्रतिक्रिया दिनुहोस्