site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘नाडा अटो शो’ मा दर्जन बढी गाडी लञ्च हुँदै : यस्ता छन् नयाँ ब्रान्ड र ईभी
SkywellSkywell

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ११ देखि ‘नाडा अटो शो’को आयोजना गरेको छ । काठमाडौंको भृकुटीमण्डमा भदौ १६ गतेसम्म चल्ने शो मा ९५ कम्पनी तथा प्रदर्शकका १३० स्टल रहने नाडाले बताएको छ ।

नेपालमा उपलब्ध चारपाङग्रे सवारी ब्रान्डले शो मा आफ्ना बजारमा उपलब्ध र नयाँ गाडीहरू प्रदर्शनी गर्ने भएका छन् ।  प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्रान्ड सहभागी रहेको नाडाले जनाएको छ । जसमा केही ब्रान्डले नयाँ गाडी सार्वजनिक गर्ने भएका छन् ।

बीवाईडी, टाटा, सीजी मोटर्सलगायत कम्पनीले नाडा अटो शो मा विद्युतीय गाडी (ईभी)का नयाँ मोडल एवम् ब्रान्ड भित्र्याउने भएका हुन् ।

Dabur Nepal
NIC Asia

यस्ता छन् नयाँ भित्रिने ईभी ब्रान्ड तथा मोडल

बीवाईडीको नयाँ मोडल

नाडा अटो शोमै बीवाईडीको नयाँ मोडल पनि सार्वजनिक हुने भएको छ ।  बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक रहेको छ ।  नाडा अटो शोमा बीवाईडी नयाँ विशेष मोडल आउने तयारी गरिएको कम्पनीले जानकारी दिएको छ ।

byd-seal-1723979991.jpg
 

कम्पनीले सार्वजनिक हुने भएको गाडीको नाम एवं अन्य विवरण भने खुलाएको छैन ।

टाटाको ‘पञ्च.ईभी’

नाडा अटो सोमा टाटा मोटर्सले नयाँ विद्युतीय गाडी पञ्चडटईभी सार्वजनिक गर्ने भएको छ ।  ३५ किलोवाटआवरको ब्याट्री र ९० किलोवाट क्षमताको मोटर रहेको पञ्च.ईभी दुई भेरियन्टमा उपलब्ध हुने भएको छ । गाडीले ४२१ किलोमिटर रेन्ज दिने बताइएको छ ।

tata-punch.ev-1723979994.jpg
 

नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले गाडी मूल्यसहित नाडा अटो शो मा सार्वजनिक हुने बताए । अहिले पञ्च.ईभीको प्रिबुकिङ खुला भइसकेको छ ।

सीजीको ‘अवतार’, ‘नेटा एक्स’ र ‘रिड्डारा’

सीजीले नाडा अटो शो मा नयाँ ईभी ब्रान्ड अवतार (एभटर) सार्वजनिक गर्ने भएको छ । चिनियाँ अटो निर्माता चांगन, ईभी ब्याट्री निर्माता सीएटीएल र टेक्नोलोजी कम्पनी हुवावेको संयुक्त उत्पादन अवतार कम्पनीले नेपाल भित्र्याइसकेको छ ।

९० किलोवाटआवरको ब्याट्री रहेको यो प्रिमियम ईभी गाडीको मोटर पावर २३० किलोवाट छ । गाडीको मूल्य एक करोड ४५ लाख रुपैयाँ रहेको छ ।

cg-neta-x-1723979991.jpg
 

सीजीले नयाँ मिडसाइज पिकअप रिड्डारा पनि नाडा अटो शो मा सार्वजनिक गर्दै छ । यसको मोटर क्षमता २०० किलोवाट छ भने ६३ किलोवाटआवर क्षमताको ब्याट्रीले एक पटकको चार्जमा ३८३ किलोमिटर रेन्ज दिने बताइएको छ ।

यस्तै सीजी मोटर्सले नेटा ईभीको नयाँ मोडल नेटा एक्स पनि अटो सोमा सार्वजनिक गर्ने भएको छ । 

५२ किलोवाटआवर र ६२ किलोवाटआवरका दुई ब्याट्री भेरियन्टमा उपलब्ध गाडीको मोटरपावर १०० किलोवाट छ । नेटा एक्सका दुई भेरियन्टको मूल्य ५३ लाख र ६३ लाख रुपैयाँ छ ।

एमएडब्ल्यूको ‘दिपल एल०७’ र ‘नामी बक्स’

नाडा अटो सोमा चांगन नेपालको दिपल ब्रान्डको नयाँ मोडल दिपल एल०७ सार्वजनिक हुने भएको छ ।  कम्पनीले प्रिमियम सेडान भनेको गाडीको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ छ । दिपल एल०७ मा ६२६.८ किलोवाटआवरको ब्याट्री छ भने यसको मोटर पावर ९९ किलोवाट छ । गाडीले ५३० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।

Deepal-lo7-1723979992.jpg
 

यस्तै एमएडब्ल्यूले डङफेङ ब्रान्डको नामी बक्स ईभी पनि सार्वजनिक गर्ने भएको छ । नाडा अटो सोमै यो नयाँ विद्युतीय कार सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।

सांग्रिला मोटर्सले ल्याउँदैछ नयाँ ब्रान्ड ‘लिपमोटर’

नाडालाई नै लक्षित गर्दै सांग्रिला मोटर्सले नयाँ ईभी ब्रान्ड लिपमोटर नेपाल भित्र्याउने तयारी गरेको छ ।  कम्पनीका अनुसार लिपमोटरको सी१० मोडल नाडा अटो सोमा सार्वजनिक हुनेछ । यो ब्रान्ड नेपाल भित्र्याउन तयारी गरिरहेको र चाँडै नै निश्कर्षसहित टुंगो लाग्ने सांग्रिला मोटर्सले बताएको छ ।

leap-motor-1723979993.JPG
 

पारामाउन्टको ‘एमजी साइबरस्टर’

एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपालमा एमजीको नयाँ ईभी मोडल सार्वजनिक गर्ने भएको छ ।  कम्पनीले इलेक्ट्रिक स्पोर्टकार भनेको यो गाडी नाडा अटो सोमा सार्वजनिक हुने भएको हो ।

MG_cyberster-nepal-1723979993.jpg
 

नाडा अटो सोमै एमजी साइबरस्टरको मूल्यसहित सम्पूर्ण विवरण सार्वजनिक हुने पारामाउन्ट मोटर्सले जनाएको छ ।

पायोनियर मोटोकर्पको ‘जिकर’

पायोनियर मोटोकर्पले नेपालमा नयाँ ईभी ब्रान्ड जिकर भित्र्याएको छ । कम्पनीले नाडा अटो शो मा यो गाडी सार्वजनिक गर्ने बताएको छ । अटो सोमा जिकर एक्सका दुई भेरियन्ट सार्वजनिक हुने भएका छन् । 

zeekar-x-1723979994.JPG
 

जसमा डुअल–मोटर अल–ह्विल ड्राइभ (एडब्ल्यूडी र सिंगल–मोटर रियर–ह्विल ड्राइभ (आरडब्ल्यूडी) भेरियन्ट छ । ६६ किलोवाट आवरको ब्याट्री रहेको गाडीले ४४० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।

एसपीजी अटोमोबाइल्सको ‘जेकु’

यस्तै एसपीजी अटोमोबाइल्सले चेरीको जेकु ईभी ब्रान्ड नेपाल भित्र्याउने भएको छ । 

jaecoo-j6-final-1723979993.jpg
 

कम्पनीले नाडा अटो सोमै जेकु ब्रान्डका गाडी सार्वजनिक गर्ने भएको हो । जेकु जे६ ईलेक्ट्रिक एसयूभी नाडा अटो सोमा घोषणा हुने एसपीजी अटोमोबाइल्सले जानकारी दिएको छ ।

जी मोटर्सको ‘स्काइवेल बीई११’

जी मोटर्सले स्काइवेलको ई११ ईभी नेपालमा सार्वजनिक गर्ने भएको छ ।  कम्प्नीले यो गाडी ४१० किलोमिटर रेन्ज र ५२० किलोमिटर रेन्ज गरी दुई भेरियन्टमा उपलब्ध हुने बताएको छ । कम रेन्जमा ५८ किलोवाटआवर र माथिल्लो रेन्जमा ७१ किलोवाट आवरको ब्याट्री छ । 

skywell-ev-11-1723979994.JPG
 

१५० किलोवाट मोटर पावरके रहेको गाडीको मूल्य र थप विवरण नाडा अटो शो मै सार्वजनिक हुने जी मोटर्सले जानकारी दिएको छ । यीलगायत नयाँ र पहिलेदेखि नै बजारमा उपलब्ध विभिन्न ब्रान्डका चार पाङ्ग्रे सवारी साधनहरु नाडा अटो शो मा प्रदर्शनीमा राखिने भएका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu