site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘मंकीपक्स नियन्त्रण गर्न नसके विश्व नै जोखिममा’

काठमाडौं । मंकीपक्स प्रकोपको केन्द्र बनेको अफ्रिकी देशसँग ऐक्यबद्ध हुन नसके विश्व नै खतरामा पर्ने चिन्ता बढेको छ । मंकीपक्सको धेरै संक्रमण प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको छ ।

अन्य देशमा समेत मंकीपक्स देखिन थालेसँगै विश्व स्वास्थ्य संगठनले गत साताको बुधबार अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्काल घोषणा गरेको थियो ।

यस वर्ष सन् २०२४ मा अफ्रिकामा अहिलेसम्म १८ हजार ७०० भन्दा बढी मानिसहरूमा मंकीपक्सको संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ५०० भन्दा बढीको मृत्यु भएको बताइएको छ ।

अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले मंकीपक्सलाई महाद्वीपीय सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।

बेलायती थिंक ट्यांक चाथम हाउसका ग्लोबल हेल्थ प्रोग्राम एसोसिएट फेलो डा. एबेरे ओकेरेकेले मंकीपक्सको जोखिम विश्वकै लागि डरलाग्दो भएका बताएका छन् ।

उनले भने, “मंकीपक्सविरुद्ध कडा प्रतिक्रिया दिन नसके यसको नतिजा गम्भीर हुन सक्छ र सम्भावित नयाँ र थप खतरनाक भेरियन्ट फैलिनसक्छ । यसलाई नियन्त्रण गर्न असफल हुनु अफ्रिकाका लागि मात्रै नभएर विश्वकै लागि जोखिम हो ।”

कंगो, बुरुन्डी, सेन्ट्रल अफ्रिकन रिपब्लिकलगायत अफ्रिकी मुलुक मात्रै नभएर स्वीडेन र पाकिस्तानमा समेत मंकीपक्सको संक्रमण पुष्टि भइसकेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ११:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro