site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाइडेन भन्छन्– मध्यपूर्वमा युद्धविराम सम्झौता पहिलेभन्दा नजिक

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले मध्यपूर्वमा युद्धविराम सम्झौता पहिलेभन्दा नजिक रहेको बताएका छन् । गाजामा युद्धविराम सम्झौता भएको छ कि छैन भन्ने सञ्चारकर्मीको प्रश्नमा ह्वाइटहाउसको ओभल अफिसमा आयोजित एक कार्यक्रममा उनले आफूहरू पहिलेभन्दा धेरै नजिक रहेको उल्लेख गरे ।

स्प्रिङफिल्ड १९०८ रेस दंगा राष्ट्रिय स्मारक नामकरण गर्ने घोषणामा हस्ताक्षर गर्न ढिलो हुनुको कारण मध्यपूर्वमा युद्धविरामको प्रयास रहेको उनले बताए ।

अमेरिका, इजिप्ट र कतारले शुक्रबार जारी गरेको संयुक्त विज्ञप्तिमा दोहामा विगत ४८ घण्टामा सरकारका वरिष्ठ अधिकारीहरू युद्धविराम र बन्धकहरूको रिहाइका निम्ति सम्झौता निष्कर्षमा पुग्न मध्यस्थकर्ताका रूपमा गहन वार्तामा संलग्न रहेको जनाइएको छ ।

राज्य विभागका प्रमुख उपप्रवक्ता वेदान्त पटेलले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शनिबार इजरायलको यात्रा गर्ने बताए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro