site stats
बाह्रखरी :: Baahrakhari
देश
तेल बोक्ने ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

राजविराज (सप्तरी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–३, बरमझियामा आज तेल बोक्ने ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको हरिनगरा गाउँपालिका–३, गौतमपुर बस्ने अन्दाजी ४१ वर्षीय महेशकुमार मेहता र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ४० वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Argakhachi Cement Island Ad

महेशको घटनास्थलमा नै मृत्यु भएको हो भने  दुर्घटनामा घाइते जयप्रकाशको कञ्चनरूप १२ स्थित धर्मेश्वर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

पूर्वतर्फ जाँदै गरेको नेपाल आयल निगमको को १ ख ७४१४ नम्बरको तेल बोक्ने ट्यांकरले पूर्वबाट पश्चिम आउँदै गरेको प्र १– ०२०४७ प १२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । यस्तै, ट्यांकर चालक सिरहाको कर्जना नगरपालिका–३ का अन्दाजी ३२ वर्षीय मिथलेश यादवसमेत घाइते भएका छन् । उनको धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्