site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्कुटर नदेखेको ट्रक चालकको बयान, ट्राफिकको भूमिकाप्रति बढ्दो आक्रोश
SkywellSkywell

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको दर्दनाक सवारी दुर्घटनामा परेर ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइरालाको ज्यान गयो । चिसंखुगढी गाउँपालिकास्थित खहरेतलुवाका कोइराला बा३९प ८९४४ नम्बरको स्कुटरमा गठ्ठाघरतर्फ जाँदै थिए ।

सोही दिशातर्फ जाँदै गरेको ना६ख २१७३ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा कोइरालाको दुर्घटनास्थलमै ज्यान गएको हो । ट्रकको अगाडिको टायरले ठक्कर दिएका कोइराला ट्रकभित्र छिरेका थिए ।

ट्रकले केहीबेर घिसार्दा पछाडिको टायरसम्मै पुगेका थिए । उनको एउटा खुट्टाबाहेक अन्य पूरै भाग किचिएको थियो । ट्राफिक प्रहरीको चेकिङका क्रममा कोइराला दुर्घटनामा परेको भन्दै स्थानीयले सडक नै अवरुद्ध गरेका थिए ।

Dabur Nepal
NIC Asia

बिहीबार दुर्घटनापछि गठ्ठाघरको अवस्था तनावग्रस्त बनेको थियो । भक्तपुर प्रहरीले तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरी बल र काठमाडौं प्रहरीलाई समेत परिचान गरिएको थियो ।

प्रहरीले अश्रुग्याससमेत प्रहार गर्नुपरेको थियो । दुर्घटना लगत्तै ट्रकका चालक भने फरार थिए । भक्तपुर प्रहरीले चालकलाई भने बिहीबार साँझ नै पक्राउ गर्न सफल भएको छ ।

चालक सर्लाहीका सतीन्द्र श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइसकेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी वेद विष्टले जानकारी दिए ।

कसरी भयो दुर्घटना ?
कोइराला सवार स्कुटर र मालवाहक ट्रक एउटै दिशातर्फ जाँदै थिए । दुर्घटनास्थलको सीसीटीभी फुटेजमा देखिएअनुसार कोटेश्वर हुँदै भक्तपुर जाने बायाँ लेनको मुख्य सडकमा गुडिरहेको स्कुटर दाँयातर्फको साइडतर्फ गुडिरहेको थियो ।

बीच भागबाट गुडिरहेको थियो–ट्रक । गठ्ठाघरको मुख्य चोक केही मिटरमात्रै पर छ । स्कुटर चालक कोइरालाले दायाँ साइडबाट एक्कासि बीचतर्फको लेनमा स्कुटर ल्याए । स्कुटरको गति सामान्य देखिन्छ ।

त्यहीबेला ट्रकले ठक्कर दिँदा उनी ट्रकको चक्काभित्र फसेका हुन् । दुर्घटना भएकै ठाउँमा ट्राफिक प्रहरीले ‘स्पिड गन’ मार्फत ‘स्पिड चेकिङ’ समेत गरिरहेको थियो ।

भिडियोमा देखिएअनुसार ट्राफिक प्रहरीले स्कुटरलाई भने रोकिएको देखिदैन । तर, कोइरालाले स्कुटर हाकेको दायाँ साइडमा भने चेकिङकै लागि अस्थायी डिभाइडर भने राखेको देखिन्छ ।

त्यहीँ डिभाइडर छक्काएर बायाँ साइड आउन खोज्दा ट्रकले स्कुटरलाई ठक्कर दिन पुगेको प्रहरीको भनाइ छ । सोहीकारण ट्राफिकका कारण दुर्घटना भएको भन्दै स्थानीय अन्दोलित हुन पुगेका थिए ।

घटनाको छानबिन गर्न समेत गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक (आईजीपी) वशन्त कुँवरलाई निर्देशन समेत दिएका छन् । सीसीटीभीको फुटेज हेर्दा ट्राफिकले नरोके पनि दुर्घटनाको सहायक कारण डिभाइडर देखिएको छ ।

यसरी फैलियो मृतकको गलत विवरण  
दुर्घटना दिउँसो १ः५९ बजेको समयमा भएको थियो । दुर्घटना लगत्तै ट्राफिक प्रहरीका कारण स्कुटर चालकको ज्यान गएको भन्दै स्थानीय आन्दोलित हुन पुगे । स्कुटर चालकको एउटा खुट्टाबाहेक सबै भाग ट्रकको चक्काले पेलिसकेको थियो ।

सेतो पाइन्ट लगाएको एउटा कम्मरमुनिको भाग मात्रै देखिएको थियो । स्थानीयको प्रर्दशनपछि ट्रकमा आगजनी हुनसक्ने भन्दै ट्रकको सुरक्षा र प्रर्दशनमा उत्रिएका स्थानीयलाई रोक्नतर्फ प्रहरी लाग्यो । तर पनि अवस्था तनावपूर्ण बन्दै थियो ।

त्यही बेला दोलखाका शम्भु नेपाली आत्तिदै दुर्घटनास्थल पुगे । उनले प्रहरीलाई मृतक व्यक्ति आफ्नै बहिनी रहेको जानकारी गराए । सोही आधारमा प्रहरीले मृतक दोलखाकी युवती भएको सार्वजनिक गर्‍यो । त्यसपछि प्रहरीले शम्भुलाई आफूहरूसँगै राख्यो । तर, शम्भुले मृतक आफ्नो बाहिनी भनेकी महिला साँझ प्रहरीमा पुगेपछि विवरण नै गलत भएको खुलेको हो ।

प्रहरी वृत्त ठिमीले शम्भुलाई समेत थुनेर के कारणले मृतक आफ्नो बहिनी रहेको गतल जानकारी प्रहरीलाई गराए भन्ने बारेमा अनुसन्धान थालेको छ । भक्तपुरका एसपी विष्टले शम्भु आफैँले मृतक आफ्नो बहिनी भएको सनाखत गराएपछि प्रहरी समेत गुमराहमा पुगेको बताए ।

उनी भन्छन्, “मृतकको पहिचान अवस्था थिएन । प्रर्दशनमा उत्रिएका स्थानीयका कारण प्रहरीले समेत राम्ररी घटनाको अनुसन्धान गर्ने अवसर पाएको थिएन । त्यही बेला एक पुरुषले आफ्नै बहिनी हुन् भनेर सनाखत गर्दा हामी पनि झुक्किएका हौँ ।”

यस्तो छ ट्रक चालकको बयान
बिहीबार साँझ नै पक्राउ परेका ट्रक चालक श्रेष्ठमाथि प्रहरीले सोधपुछ थालिसकेको छ । चालक श्रेष्ठले भने आफूले स्कुटर चालक आफ्नो अगाडि आएको नदेखेको बयान दिएका छन् ।

चालक श्रेष्ठको भनाइ उद्धृत गर्दै भक्तपुरका एसपी विष्टले भने, “मैले स्कुटर मेरो अगाडि आएकै देखिनँ । म आफ्नै गतिमा थिए । मैले गल्ती चलाए जस्तो लाग्दैन । चक्काभित्र छिरेको नै थाहा नहुँदा घिस्रिन पुग्यो । स्कुटर चालकले दायाँ साइडबाट बायाँ च्याप्दा ‘स्लो’ चलाउँदा चक्काभित्र छिरेजस्तो लाग्छ ।”

ट्राफिकप्रति बढ्दो आक्रोश
स्थानीयले बिहीबारको दुर्घटनासँग ट्राफिक प्रहरीको चेकिङलाई जोडेर प्रर्दशन नै गरे । अधिकांशलाई लागेको थियो–ट्राफिककै कारण दुर्घटना भयो । तर, दुर्घटनास्थलको सीसीटीभी फुटेजले ट्राफिकमाथि लागेको आरोपको भने केही हदसम्म सफाइ दिएको छ । ट्राफिक प्रहरीले चेकिङ त्यही ठाउँमा राखे पनि स्कुटरलाई भने रोेकेको देखिँदैन ।

यद्यपि, उक्त ठाउँमा राखेको चेकिङमाथि प्रश्न उठेको छ । तीव्र गतिमा चलाइने मूल सडकै ट्राफिक जाँचका नाममा चालकमाथि असुरक्षित गराएको आरोप प्रहरीमाथि लागेको छ ।

भक्तपुरको सडकदेखि ग्वार्को–कलंकीको सडकमा समेत ट्राफिकले कुनै जानकारीबिना जाँच गर्ने गरेका छन् । कतिपय ठाउँमा भने स्पिड गनले जथाभावी ‘स्पिड चेकिङ’ गर्ने गरेका छन् ।

६० किलो मिटर प्रतिघण्टामाथि चलाइएको सवारीसाधनलाई ‘स्पिड गन’मार्फत जाँच गराएर त्यही अवस्थामा रोक्न खोज्दा दुर्घटनाको जोखिम बढेको हो ।

चालकलाई ट्राफिक नियम पालना गराउनुभन्दा पनि जसरी पनि कारबाही गराएर राजस्व संकलन गर्ने उदेश्यले चेकिङ गर्ने गरेको ट्राफिकमाथि आरोप छ ।

यद्यपि, ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी जीवन श्रेष्ठले भने राजस्वका लागि कुनै पनि चेकिङ नराखिने बताउँदै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu