site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अफगानिस्तानमा पार्किङमा राखिएका ट्रकमा आगलागी 

काठमाडौं । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तको प्रान्तीय राजधानी हेरात सहरमा भन्सारको पार्किङस्थलमा आगलागी भएको छ । 

व्यापारिक सामान बोकेका ट्रकमा आगलागी भएको हो । भन्सार कार्यालयका डेपुटी मौलावी इस्मातुल्लाह यासारले आगलागीबाट ठूलो क्षति भएको बताएका छन् । 

प्राविधिक समस्याका कारण लागेको आगलागीले पार्किङस्थल र नजिकैका डिपोमा रहेका धेरै ट्रकमा क्षति पुर्याएको बताइएको छ । 

प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल्लाह इन्साफले आगलागीबाट कुनै मानवीय क्षति नभएको बताउँदै लाखौँ अमेरिकी डलरको धनमालको क्षति भएको हुनसक्ने बताए । एजेन्सी ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro