site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहिद महेश कोइरालाका भाइ हुन् गट्ठाघर दुर्घटनामा मृत्यु भएका उत्तम कोइराला 
Tiktok banner adTiktok banner ad

काठमाडौं । गठ्ठाघर दुर्घटनामा मृत्यु भएका उत्तम कोइराला सहिद महेश कोइरालाका भाइ भएको खुलेको छ । ओखलढुंगाको चिंखुगढी छहरेका उत्तम कोइरालाका दाजु महेश कोइराला २०३१ सालमा कांग्रेसले थालेको सशस्त्र आन्दोलनका क्रममा राज्य पक्षबाट मारिएका थिए । 

नेपाली कांग्रेसको इतिहासमा टिम्मुरबोटे काण्डका रुपमा चिनिने त्यो घटनालाई नेपालको इतिहासमा भने ओखलढुंगा काण्ड भनेर चिनिन्छ ।  राति गुफामा बास बसेको कांग्रेसको मुक्ति सेनालाई घेरा हालेर मारिएको थियो । टिम्बुरबोटे काण्डमा महेश कोइरालासहित १९ जना मारिएका थिए ।

त्यसबेला मारिएका सहिद परिवारका सदस्यका भाइ उत्तम कोइरालालाई गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा बिहीबार घटनास्थलमै मृत्यु भएको थियो । 

उनको शव शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ । मृतकका आफन्तले दुर्घटनाको छानबिनका लागि समिति नबन्दासम्म शव नबुझ्ने अडान लिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro