site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘१२ गाउँ’को पोस्टरमा विराजका बाबु–छोरा

काठमाडौं । चलचित्र ‘१२ गाउँ’को नयाँ पोस्टर सार्वजनिक भएको छ । टिजर आउनु अगाडि निर्माणपक्षले नयाँ पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा चलचित्रका दुई मुख्य पात्र समीर भट्ट र विराज भट्ट फिचर्ड छन् । दुवैको तस्बिर हेर्दा उनीहरू एक्सन भूमिकामा रहेको प्रष्ट हुन्छ । विराज एंग्री लुक्समा देखिँदा समीर सिक्स प्याक्ड बडीमा छन् । यो चलचित्रको मुख्य भूमिकामा समीर छन् । सीमर विराजका छोरा हुन् । उनी यही सिनेमामार्फत नेपाली रजतपटमा डेब्यु गर्दैछन् । 

Dabur Nepal
NIC Asia

विराज भट्टको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘१२ गाउँ’बाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गर्दैछन् ।

सिनेमामा विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंगशाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री रकविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ ।

एक्सन–थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमामा द्वन्द्वनिर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् ।

महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफियाफिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गर्नेछ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro