site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
को हुन् अष्ट्रेलिया बसाइ सर्ने पहिलो नेपाली ?
SkywellSkywell

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियामा नेपाली समाज ह्वात्तै बढदै गर्दा बसाइँसराइको इतिहास खोतल्दै जाँंदा यसैवर्ष आधा शताब्दी पूरा हुने देखिन्छ । को थिए त अष्ट्रेलियामा बसाइँसराइ गर्ने पहिलो नेपाली ? के पढेर वा कसरी आइपुगे अष्ट्रेलिया ? 

यो हामी अष्ट्रेलियावासी नेपालीका लागि एउटा रोचक विषय पनि छ । हुन त, आपसी भ्रमण र छात्रवृत्तिमा पढ्न केही नेपाली अष्ट्रेलिया नआएका पनि होइनन् । तर बसाइँसराइको इतिहास खोतल्ने हो भने इलामका डा. नारायण प्रधान पहिलो नेपाली हुन्, जो अष्ट्रेलियामा स्कटल्यान्डबाट सन् १९७४ फेबु्रअरीमा आएको देखिन्छ ।

त्यसो त, सेनामा भर्ती भएर विदेशतिरै बस्ने नेपालीको इतिहास निकै लामो छ । त्यतिबेला पनि आकर्षक कमाइ, बहादुरी, सानका लागि विदेशी सेनामा भर्ती हुने क्रमसँगै अन्तरदेशीय बसाइँसराइको कथा प्रारम्भ भएको देखिन्छ । 
ब्रिटिश शासनकालमा भारतीय सेनाबाट सुरु भएको सम्भावनाको खोजीले नेपालीलाई संसारभर बहादुरको तक्मा भिरायो । तर अमेरिका र अष्ट्रेलिया अनि युरोपतिरको बसाइँसराइको इतिहास भने त्यति लामो छैन । 

Dabur Nepal
NIC Asia

एसियाली मुलुकबाट बसाइँसराइको सम्भावना नभएकै बेला इलामे प्रधानले स्कटल्यान्डबाट आवासीय भिसा प्राप्त गरे । सँगै श्रीमती लीला प्रधानसहित अष्ट्रेलियाको मेलवर्न आइपुगेका थिए । 

राजकीय भ्रमणबाहेक विद्यार्थी भिसामा अमृत तन्डुकार सन् १९६९ सालमै अष्ट्रेलिया आएता पनि आधिकारिक रुपमा बसाइँसराइ गर्ने प्रधान पहिलो नेपालीका रुपमा अष्ट्रेलिया भित्रिएको यहाँका जानकारहरू बताउँछन् ।

त्यतिबेला सरकारी छात्रवृत्तिबाहेक निजी खर्चमा अष्ट्रेलियामा अध्ययन गर्न पाउने अवस्था थिएन । तर, स्कटल्यान्डमा केमेस्ट्री एनालिटिक पढेका नारायण प्रधानले अष्ट्रेलियाले आवासीय भिसासहित मेलवर्नको सीएसआरओमा जागिर पाए । सँगै उनी पहिलो नेपालीका रुपमा अष्ट्रेलिया बसाइँसराइ गर्ने व्यक्ति बन्न पुगेका थिए ।

खानी विभागमा सिनियर केमिष्ट्रीमा कार्यरत रहँदा प्रधान स्कटल्यान्ड पढ्न गएका थिए, सन् १९७२ मा । स्कटल्यान्डबाट पीएचडी सकी नेपाल फर्केका पनि हुन् । तर उनले अष्ट्रेलियामै जागिर पाएपछि स्कटल्यान्ड फर्किएका हुन् ।
पहिलो बसाइँ सरेका नारायण प्रधानको आगमनसँंगै आउँदो माघमा नेपालीहरूको अष्ट्रेलिया आगमनको पचास वर्षको इतिहास कोरिँदैछ । 

सिड्नीमा बस्दै आएका प्रधान आफ्नो पुराना दिन सम्झना गर्दै भन्छन्, ‘‘मेलवर्न पुगेको बेला एक जना नेपाली भेट्न पाइएन । करिब छ महिनापछि एडमन्ड हिलारीको च्यारिटी कार्यक्रममा नेपाली भाषी दार्जीलिङबाट एकजना आउने सुनेपछि काम छाडेर कुदियो ।’’

उनी ती दिन सम्झँदै भन्छन्, ‘‘उनलाई त्यही दिन भेट्न पाइएन । तर उनको नम्बर र ठेगाना भने पाइयो । दोस्रो दिन टेलिफोनमा धित मर्नेगरी नेपाली बोलेर भेटघाट गरियो ।’’

उनले त्यतिबेला सिड्नीमा ६–७ जना नेपाली भएको सुनेका थिए । नेपाली भएकै ठाउँमा रहने योजनासहित सन् १९७७ मा सिड्नी बसाइँ सरे । सन् १९७५ तिर इन्द्रा वन, गोविन्द शाह, अक्कलबहादुर सीड, आनन्द श्रेष्ठलगायतका नेपालीहरू सिडनी पुगेका थिए  ।

प्रधान भन्छन्, ‘‘सिड्नीमा आठ–दश जना नेपाली भेट हुन थालेपछि बल्ल नेपालीपन र नेपाली मनमा रमाउन थालियो । त्यतिबेला हामीलाई निकै ‘होम–सिक’ हुने, खानपिन नमिल्ने र चाडबाड मनाउन नपाउँदा निकै पिरल्थ्यो ।’’

यसरी सिडनीमा केही संख्यामा नेपाली जम्मा भएपछि सन् १९७६ मा नेप्लिज अस्ट्रेलियन सोसाइटी खुलेको हो । जसमा नेपालीले मात्रै नपुगेर नेपाल भ्रमण गरी फर्किएका अष्ट्रेलियन समेतलाई आवद्ध गरेर संस्था बनाएको सम्झन्छन्, डा. प्रधान ।

सोसाइटीको पहिलो संयोजकका रुपमा डा. गोविन्द शाह थिए । त्यसपछि सन् १९९५ मा केही ब्रिटिस सेनाबाट अष्ट्रेलिया बसाइँ सरेका र अन्य नेपाली मिलेर पहिलो नेपालीहरू सम्मिलित गोर्खा नेप्लिज सोसाइटी जन्मेको स्मरण गर्छन्, प्रधान ।

सन् १९९८ मा संस्थाले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई अष्ट्रेलिया बोलाइएको थियो । तिनको दुइदिन चलेको कार्यक्रममा सात सय नेपालीले हेरेका थिए । त्यतिबेलासम्म पनि नेपाली संख्यात्मक रुपमा हजारको हाराहारीमा रहेको उनको ठम्याइ छ । त्यतिबेला दूतावास थिएन, जापानस्थित नेपाली दूतावासले हेर्थ्यो ।

सुख–दुःख पोख्ने र समाचार आदान–प्रदान हुने स्थान थियो, डा. प्रधानको रेष्टुरेन्ट याक एन्ड यति नेप्लिज कुजिन । सहरमा खुलेको उक्त रेष्टुरेन्ट धेरै पछि उनले बन्द गरे ।

नारायण प्रधान सन् १९७४ मा पीआर लिएर पहिलो नेपालीका रुपमा मेलवर्न आएको केही महिनापछि आफू सिड्नी आएको इन्द्रा वन बताउँछिन् । 

नेप्लिज अष्ट्रेलियन सोसाइटीको १८ वर्ष अध्यक्ष रहेकी इन्द्रा वनका अनुसार, सन् १९९५ मा गोर्खा नेप्लिज सोसाइटी, सन् १९९८ मा अजय सिवाकोटी एनएडीएफ र सन् १९९९ मा नवाज जस्ता नेपाली संस्था खुलेका थिए ।
सन् २००५ मा मन केसीको संयोजकत्वमा एनआरएन जन्मिएको इन्द्रा वनले सुनाइन् । 

नेपाली समाजमा गरेको योगदानवापत वनलाई अष्ट्रेलिया सरकारले ‘अर्डर अफ अष्ट्रेलियन अवार्ड’ जस्तो महत्वपूर्ण उपाधि प्रदान गरेको थियो ।

त्यतिबेला नेपालीपन खोज्दै नेपाली मन जोडाउन इन्द्रा वनको महत्वपूर्ण भूमिका थियो । प्रधान आएको दिन फेव्रुअरी १० पारेर स्थानीय टेलिभिजन लुक्ला टीभीले समेत नेपालीको अष्ट्रेलिया आगमनको पचासौँ वर्षगाँठ मनाएको प्रधानसम्पादक डा. राजु मानन्धर बताउँछन् । 

डा मानन्धरले भने, ‘‘यो हाम्रो अष्ट्रेलिया आगमनको गर्विलो इतिहास भएकाले पहिलो आवासीय नेपाली डा. नारायण प्रधान र महिला इन्द्रा वनलाई हामीले सम्मान गरेका हौँ ।’’ 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ०८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu