site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नाडा अटो शो भदौ ११ देखि, १३० स्टल रहने

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आगामी भदौ ११ देखि १६ गतेसम्म नाडा अटो शो हुने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नाडा अटो मोबाइल्स एसोसिएसनले अटो शोबारे जानकारी दिएको हो । 

नाडा अटो शोले नेपालका अटोमोबाइल क्षेत्रका महत्त्वपूर्ण खेलाडीहरू र हजारौँ आगन्तुकहरूलाई प्रत्येक वर्ष आकर्षित गर्दै आएको छ ।  

यस वर्षको प्रदर्शनीमा २४ चारपांग्रे बान्डहरू, १९ दुईपांग्रे ब्रान्ड र १२ हल्का व्यावसायिक सवारीसाधनका ब्रान्ड प्रदर्शन गरिनेछन् ।

साथै, ३३ कम्पनी जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् र सात वित्तीय संस्थाहरू विशेष रूपले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन् ।

शोमा ९५ प्रदर्शक सहभागी हुनेछन् । जसले १३० स्टलमा आफ्ना उत्पादन र सेवा प्रदर्शन गर्नेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro