site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भुटानी क्लब पारो एफसीसँग चर्च ब्वाइज पराजित

काठमाडौं । नेपालको सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमै पराजित भएको छ । चर्चलाई हराउँदै भुटानी लिग च्याम्पियन पारो एफसीले प्रतियोगिताको समूह चरणमा स्थान निश्चित गरेको हो ।

मंगलबार घरेलु समर्थकमाझ भएको खेलमा चर्च ब्वाइज भुटानी क्लबविरुद्ध २–१ ले स्तब्ध बन्यो ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सुरुआती अग्रता भने चर्चले बनाएको थियो । लाकेन लिम्बुले ३८औँ मिनेटमा गोल गर्दै चर्चलाई अग्रतामा राखेका थिए । तर, चर्चको अग्रता लामो समय टिक्न सकेन ।

चर्चले गोल गरेको अर्को मिनेटमा नै पारो खेलमा फर्कियो । पारोका किंगा वाङचुकले गोल गर्दै भुटानी लिग च्याम्पियन पारोलाई खेलमा फर्काएका थिए ।

६७औँ मिनेटमा विलियम ओपोकु अ‍ैसेडुले गोल गर्दै पारोलाई २–१ को अग्रतामा राखे । भुटानी गोलकिपरबाट आएको बल चर्चका रक्षकले क्लियर गर्न नसक्दाको फाइदा उठाउँदै ओपोकुले १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

यही गोल निर्णायक बन्दा पारोले नौ हजार ८७३ जना समर्थकमाझ चर्चलाई निराश बनाउँदै प्रतियोगिताको आगामी चरणमा स्थान सुनिश्चित गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro