site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचन साउन ३१ मा हुने 

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिको सभापतिको निर्वाचन साउन ३१ गते हुने भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले साउन ३१ गते सभापतिको निर्वाचन गर्न मिति तोकेका हुन् । 

त्यस्तै, राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिको निर्वाचन पनि साउन ३१ गते हुने भएको छ ।

संघीय संसद्को संयुक्त बैठक संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० को नियम २५ बमोजिम गठित संसदीय सुनुवाइ समिति र नियम २८ बमोजिम गठित राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिको निर्वाचन मिति साउन ३१ मा हुने सभामुख घिमिरेले घोषणा गरे । सभामुख घिमिरेले उक्त निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशन गर्न संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयलाई निर्देशन दिए । 

उनले भने, "संघीय संसद्को संयुक्त बैठक संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० को नियम २५ बमोजिम गठित संसदीय सुनुवाइ समिति र नियम २८ बमोजिम गठित राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिको निर्वाचन मिति २०८१ साल साउन ३१ गते गर्नेगरी तोकेको छु । साथै, उक्त निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशन गर्न संघीय संसद्का महासचिवलाई निर्देश गर्दछु ।"

प्रतिनिधिसभाको अर्को बैठक साउन ३० गते बुधबार दिउँसो १ बजे बस्नेछ । 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro