देश
पोखरा । स्याङ्जाको बिरुवा गाउँपालिकामा रहेको सूर्योदय सहकारी ठगी प्रकरणमा मुछिएका दुईजना पक्राउ परेका छन् । प्रहरीले तारेन्द्रबहादुर केसी र सन्ध्या भण्डारीलाई पक्राउ गरेको हो ।
भण्डारी मुक्तिनाथ विकास बैंकको बिरुवा शाखाका कार्यालयमा कस्टमर सर्भिसको कर्मचारी थिइन् ।
बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पनि पक्राउ पुर्जी जारी भए पनि उनी पक्राउ परिसकेका छैनन् ।
यसअघि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उनीहरू तीन जनालाई पक्राउ गर्न अदालतसँग अनुमति लिएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१ १७:०१
प्रतिक्रिया दिनुहोस्