site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सूचक खड्का कुटिएको घटना छानबिन गर्दै समिति, कपिलवस्तुका गुप्तचर प्रमुख तानिए
एसएसपी माधव श्रेष्ठ ।

काठमाडौं । दुई हप्ताअघि बाँकेको नेपालगन्जमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का सूचक कुटिए । भारतबाट नेपाल भित्र्याइँदै गरेको अवैध रुपैयाँ रोक्न खोज्दा नेपाल–भारतको सीमाक्षेत्र जमुनाहा नाकामा सूचक अर्जुन खड्का कुटिएका थिए ।

उक्त रकम नेपालगन्जस्थित होटेल कलपत्रुमा सञ्चालित क्यासिनोका निम्ति ल्याइएको थियो । अनुसन्धान विभागका सूचकमाथि क्यासिनोकै कर्मचारी अर्जुन खनालले कुटपिट गरेका थिए ।

प्रहरीका अनुसार, अवैध रकमबारेको सूचना प्रहरीलाई नदिई खड्का आफैँले नियन्त्रण गर्न खोज्दा कुटाइ खाएका हुन् । तर, आफूहरूको सूचनालाई बेवास्ता गरिएको गुप्तचरको भनाइ छ । प्रहरीले कुनै चासो नदिँदा अवैध रकम भित्र्याइएको र खड्का आफैँले नियन्त्रणमा लिन खोज्दा कुटिएको विभागले दाबी गरेको छ ।

Dabur Nepal
NIC Asia

बाँकेमा राष्ट्रिय अनुसन्धान विभागको प्रमुख उपअनुसन्धान निर्देशक (एसपी)मा ओम खड्का र नेपाल प्रहरीको एसपीमा तुलबहादुर कार्की छन् । कार्की र खड्काबीचको समन्वय अभावमा घटना भएको बुझिन्छ ।

बाँकेका प्रहरी प्रमुख एवं एसपी कार्कीले भने घटना हुँदा आफूलाई कुनै सूचना नभएको बताए । “हामीलाई कुनै जानकारी गराइएको थिएन । कुटपिट भएपछि पनि होटेल कलपत्रुमा कुटपिट भएको भनियो । त्यहाँ वडा प्रहरी कार्यालयबाट तुरन्त प्रहरी निरीक्षक पठायौँ । तर, घटना त्यहाँ भएकै थिएन,” एसपी कार्कीले भने ।

पछि जमुनाहामा कुटपिटको खबर गुप्तचरले नै दिएपछि आफ्नो टोली त्यहाँ पुगेको उनको भनाइ छ ।

घटनाको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति
गुप्तचरका सूचक खड्कामाथि कुटपिट घटनाको छानबिन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको छ । उक्त कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) माधव श्रेष्ठ नेतृत्वको समितिले घटनाबारे छानबिन गरिरहेको लुम्बिनी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) कुवेर कडायतले जानकारी दिए ।

डीआईजी कडायतले भने, “गुप्तचरको सूचक कसरी कुटिए, हामी छानबिन गर्दै छौँ । छानबिनपछि घटनाको यथार्थ बाहिर आउँला । अहिले अनुसन्धानकै क्रममा छौँ ।”

सूचक खड्कामाथि कुटपिट गर्ने होटेल कलपत्रुका कर्मचारी खनाललाई प्रहरीले पक्राउ गरे पनि दोस्रो दिनमै छोडिएको थियो । पीडित सूचक र गुप्तचर निकाय दुवैले उनीविरुद्ध उजुरी नदिएकाले मुद्दा नचलाई छोडिएको थियो ।

कपिलवस्तुका एसपी पन्थी तानिए
राष्ट्रिय अनुसन्धान विभाग कपिलवस्तुका उपअनुसन्धान निर्देशक (एसपी) गोपाल पन्थीलाई भने केन्द्रीय कार्यालयमा तानिएको छ । अवैध कारोबारीसँग घुलमिल र आर्थिक अनियमितता गरेको पाइएपछि पन्थी तानिएका हुन् ।

पन्थीले एक व्यवसायीसँग पैसा मागेको अडियो सार्वजनिक भएको थियो । गुप्तचर विभागले उनीमाथि आन्तरिक छानबिन गरेको थियो । छानबिनका क्रममा उनको कमजोरी देखिएपछि फिर्ता बोलाइएको विभाग स्रोतले जानकारी दियो ।

यसअघि, गुप्तचरकै मोरङका एसपी तिलक प्रसाईंविरुद्ध समेत एक व्यवसायीलाई धम्क्याएर रकम असुल गर्न खोजेको उजुरी परेको थियो । प्रधानमन्त्री कार्यालयमा परेको उजुरीमाथि विभागले छानबिन गरेको थियो । तर, कुनै कमजोरी नदेखिएपछि उनलाई यथावत् राखिएको विभागले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro