site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘छक्का पञ्जा–५’सँग भिड्ने ‘ज्वाइँ साब’को यस्तो बन्यो पोस्टर 

काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज रिलिज मिति सार्वजनिक गर्दै दुईवटा पोस्टर बजारमा ल्याएको हो । 

पोस्टरमा सिनेमाका मुख्य कलाकार फिचर्ड छन् । जितु नेपाल र नीति शाह पोस्टरको केन्द्रमा छन् । एउटा पोस्टरमा जितु र नीति दुलाहा दुलहीको पहिरनमा छन् । 

दोस्रो पोस्टरमा दुलाहा बनेका जितु डोलीमा छन् । डोली बुद्धि तामाङ र हिमेश पन्तले बोकेका छन् । डोलीको अगाडि निती पनि छिन् । 

पोस्टरअनुसार चलचित्र दसैँको छेको पारेर रिलिज हुनेछ । दसैँको बिदालाई लक्षित गर्दै चलचित्र असोज २४ गतेबाट रिलिज हुनेछ ।  

“हामी असोज २४ मा आउनुको कारण बिदा हो । अरु कुनै कारण छैन । बिदामा सिनेमा रिलिज गर्ने भन्ने थियो,” निर्देशक वसन्तले बाह्रखरीसँग भने, “हाम्रो निर्माता अहिले अस्ट्रेलियामा हुनुहुन्छ । उहाँले असोज २४ मै रिलिज गर्ने भनेपछि हामी यो मितिमा आउन लागेका हौँ ।” 

‘ज्वाइँ साब’ले प्रदर्शन मिति असोज २४ लाई रोज्दा यो सिनेमा ‘छक्का पञ्जा–५’ भिड्नुपर्ने छ । यही मितिमा दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र पनि रिलिज हुने यसअघि नै तय भइसकेको छ । 

वसन्त निरौलाको निर्देशनमा ‘ज्वाइँ साब’ तयार भएको चलचित्र हो । 

विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ । 

चलचित्रमा जितु र नीतिसँगै वुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डेलगायत कलाकारको अभिनय छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro