site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ससुराको हत्या आरोपमा ज्वाइँ पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पर्सामा हत्या आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–१, राजदेवीटोलका ३१ वर्षीय साजन सर्राफ छन् ।

पर्साको वीरगन्ज महानगरपालिका–७, रामटोलका ६५ वर्षीय सिताराम सर्राफको हत्या गरेको उनीमाथि आरोप छ । हत्या आरोपित साजन सितारामका ज्वाइँ हुन् । सोमबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

साजन वीरगन्ज–१०, प्रगतिटोलमा डेरा गरी बस्दै आएका थिए । उनीहरूबीच झगडा हुँदा कुटपिटबाट सिताराम गम्भीर घाइते भएका थिए । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro