site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रायमाझीको आक्रोश : पार्टीको सिद्धान्त थाहा नहुने प्रमुख सचेतकलाई गेट बाहिर पठाउनुपर्छ 

काठमाडौं । पार्टीको सिद्धान्त नमान्नेलाई पार्टी कार्यालयको कम्पाउन्डबाहिर पठाउनुपर्ने भन्दै कांग्रेस केन्द्रीय समिति बैठकमा आवाज उठेको छ । सोमबारको केन्द्रीय समिति बैठकमा बोल्दै केन्द्रीय सदस्य उमेशजंग रायमाझीले कांग्रेसलाई सिद्धान्त र समाजवाद चाहिँदैन भन्ने मान्छेलाई पार्टीको गेट बाहिर निकाल्नुपर्ने धारणा राखेको अर्का एक सदस्यले बताए ।

ती केन्द्रीय सदस्यका अनुसार रायमाझीले कसैको नाम भने उल्लेख गरेनन् । तर, उनको आशय बुझ्दा पार्टी प्रमुख सचेतक श्याम घिमिरे लाइनकै जवाफ थियो । 

“उहाँले नाम लिनुभएन । तर, श्याम घिमिरेतिरै निशाना थियो,” ती केन्द्रीय सदस्यले भने, “सिद्धान्त यही हो । बीपीले पनि सिद्धान्तबिनाका राजनीति पाप हो भनेका छन् । कांग्रेसलाई सिद्धान्त चाहिँदैन, समाजवाद चाहिँदैन भन्ने हो भने त्यस्तो मान्छेलाई कि पार्टीबाट हटाउनुपर्‍यो यो गेटबाट बाहिर निकाल्नुपर्‍यो । होइन भने बीपीको फोटोसँग उहाँको फोटो टाँस्न पर्‍यो भनेर उहाँले भन्नुभयो ।”

सोमबारको केन्द्रीय समिति बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले नेपाली कांग्रेसको सिद्धान्त के हो ? हामी समाजवादी हौँ कि ‘सोसल डेमोक्र्याटिक’ हौँ भन्दै प्रश्न गरेका थिए । उनले बीपी जीवित भएको भए समाजवादको रटान लगाइरहन्थे भन्ने प्रश्न पनि गरेका थिए । कांग्रेस ‘सोसल डेमोक्र्याटिक’ पार्टी भएको जिकिर गर्दै घिमिरेले काग्रेस कम्युनिस्टबीचको अन्तर के हो, कांग्रेसले पनि आफूलाई समाजवादी भनेपछि लगानी कसरी आकर्षित हुन्छ भन्दै प्रश्न गरेका थिए ।
 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro