site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रचना, शान्तिश्री, करिष्मा र ज्योति अमेरिकाका २१ सहरमा 
Tiktok banner adTiktok banner ad

काठमाडौं । रचना रिमाल, शान्तिश्री परियार, करिष्मा ढकाल र ज्योति मगरले अमेरिकाका २१ सहरमा सांगीतिक प्रस्तुति दिने भएका छन् । केही समय अगाडि अमेरिका गएका उनीहरूको सांगीतिक प्रस्तुति सुरु भइसकेको छ ।  

यसैक्रममा रचना र शान्तिश्रीले बोस्टनका दर्शकलाई आफ्ना गीतमा नचाएका छन् । ‘अब नाच्छ अमेरिका’ शीर्षकमा फ्लाई नेपाले आयोजना गरेको कार्यक्रममा मोडल करिष्मा ढकाल र गायिक ज्योति मगरले पनि दर्शकलाई नचाएका छन् । 

तीजलक्षित कार्यक्रमको सुरुआत अमेरिकाको बोस्टनबाट शनिबार नेपालको राष्ट्रिय गानसँगै गरिएको थियो । यसपछि मञ्चमा देखा परेका करिष्मा, रचना, शािन्तश्री र ज्योति मगरले बोस्टनका पाँचसय बढी दर्शकलाई तीन घन्टा मनोरञ्जन दिएका आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

आयोजक विनोद अधिकारीले परदेशमा घरदेश जोड्ने अभिप्रायले कार्यक्रम गरेको बताए । विनोदका अनुसार गायिका तथा मोडलको टोलीले न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्नियालगायत  २१ सहरमा कार्यक्रम गर्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro