site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिला फुटबलमा ब्राजिललाई हराउँदै अमेरिकाले जित्यो स्वर्ण
Tiktok banner adTiktok banner ad

काठमाडौं । फाइनलमा ब्राजिललाई १–० ले हराउँदै अमेरिकाले पेरिस ओलम्पिक–२०२४ अन्तर्गत महिला फुटबलको स्वर्ण पदक जितेको छ ।

फ्रान्सको पेरिसस्थित पार्क डे प्रिन्सेसमा भएको खेलमा अमेरिकालाई जित दिलाउन मालोरी स्वान्सनले निर्णायक गोल गरिन् । स्वान्सनले ५७औँ मिनेटमा गोल गर्दै अमेरिकालाई अग्रतामा राखेकी थिइन् ।

महिला फुटबलमा अमेरिकाले जितेको यो पाँचौँ ओलम्पिक स्वर्ण हो । अमेरिकाले यसअघि सन् १९९६, २००४, २००८ र २०१२ मा ओलम्पिक स्वर्ण जितेको थियो ।

उपविजेतामा चित्त बुझाएको ब्राजिलले रजत पदक जितेको छ । यस्तै, जर्मनी महिला फुटबलमा कास्य जित्ने टिम बन्यो । जर्मनीले यसअघि शुक्रबार भएको खेलमा स्पेनविरुद्ध १–० को जित निकाल्दै तेस्रो स्थान हासिल गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro