site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘खुस्मा’को टिजरमा प्रेम, बाध्यता, बदला र बिछोड

काठमाडौं । चलचित्र ‘खुस्मा’को टिजर सार्वजनिक भएको छ । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउने चलचित्रको टिजर आज सार्वजनिक गरिएको हो । 

टिजरमा मुख्य पात्र धिरज मगर र उपासना सिंह ठकुरीको प्रेम, बाध्यता, बदला र बिछोडलाई प्रस्तुत गरिएको छ । टिजरमा माओवादी द्वन्द्वले गाउँमा पारेको प्रभावलाई पनि देखाउने प्रयास गरिएको छ । 

Dabur Nepal
NIC Asia

सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका छन् । मोहन राई कार्यकारी निर्माता रहेको चलचित्रमा दीपक बज्राचार्यको छायांकन छ ।

चलचित्रमा धिरज र उपासनासँगै माओत्से गुरुङ, खड्गबहादुर पुन, सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगरलगायत कलाकारको अभिनय छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro