site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पार्स्व गायनमा दुर्गेशको डेब्यु 

काठमाडौं । चलचित्र ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको गीतमा मुख्य कलाकार नीता ढुंगाना र हरिहर अधिकारी छन् ।

गीतमा दुर्गेश थापाको संगीत, शब्द र एरेञ्ज छ । स्वर दुर्गेश र सदीक्षा कट्टेलको छ । पार्स्व गायनमा दुर्गेशको यो डेब्यु सिनेमा हो । 

संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको कार्यकारी निर्माता धनन्जय गलानी हुन् । 

हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनील वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईंटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसीलगायत कलाकारको अभिनय छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका सिनेमेटोग्राफर कवीरलालले खिचेका हुन् । सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । 

अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  ०६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro