site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कसले बनाउँछ महानगरअगाडि भ्वाङ परेको सडक ? (तस्बिरसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय अगाडिको सडकमा भ्वाङ परेको छ । कमलादीस्थित महानगरको कार्यालयअगाडिको सडकमा बिहीबार राति भ्वाङ परेको हो । टुकुचा खोलामाथि बनाइएको सडकमा भ्वाङ परेको हो । 

यो भ्वाङ सडक विभागले मर्मत गर्छ अथवा काठमाडौं महानगरले ? काठमाडौं महानगरपालिका र सडक विभागबीच सडकको क्षेत्राधिकारलाई लिएर विवाद हुँदै आएको छ । केही समय अगाडिमात्र न्युरोड क्षेत्रमा महानगरले फुटपाथ विस्तार गर्न खोजेपछि सडक विभागले महानगरलाई रोकेको थियो ।

विभागविरुद्ध महानगर सर्वोच्च अदालत पुगेको थियो । अदालतले यो विवाद हालका लागि सल्टाए पनि यसको निरुपण भने भइसकेको छैन । महानगरसँग सडकको क्षेत्राधिकारको विषयमा विवाद बल्झिएपछि सडक विभागले उपत्यकाका सडकमा (सडक विभाग) लेखेर आफ्नो क्षेत्राधिकार दाबी गरेको थियो ।

Dabur Nepal
NIC Asia

sadak-2-1723191347.jpg
महानगरको कार्यालय अगाडिको सडकमा परेको भ्वाङ सडक विभागअन्र्तगतको सडक डिभिजन कार्यलयले मर्मत गर्ने बताएको छ । डिभिजन कार्यालयका सूचना अधिकारी महानन्द जोशीले भ्वाङ परेको सडक डिभिजन कार्यलयले मर्मत गर्ने बताए । उनले बाह्रखरीसँग भने, “त्यो सडक हाम्रो क्षेत्राधिकारभित्र पर्छ । मर्मत पनि हामी गर्छौं ।” 

सडक विभाग र काठमाडौं सडक डिभिजन कार्यालयको टोलीले भ्वाङ परेको सडकको अवलोकन गरिसकेको छ । डिभिजन कार्यालयका सव–इन्जिनियर गणेश बोहोराका अनुसार डिभिजन कार्यालयले मर्मतका लागि लाग्ने खर्च र प्राविधिक विषयको योजना तयार गर्दैछ । उनले भने, “हामीले त्यो भ्वाङको निरीक्षण गरिसक्यौँ । अहिले त्यसको मर्मतका लागि प्राविधिक र आर्थिक योजना बनाउँदैछौँ ।”

sadak-3-1723191364.jpg
सव–इन्जिनियर बोहोराका अनुसार भ्वाङ परेको सडकमुनि टुकुचा खोला छ । सडकको भ्वाङबाट टुकुचा खोला देख्न सकिन्छ । सडकमुनि टुकुचा खोला भएका कारण भ्वाङको मात्रै नभएर खोलामाथिको सबै सडकको मर्मत गर्ने योजना रहेको बोहोराले सुनाए । उनले भने, “त्यो खोलामाथि छ, त्यसैले हामी त्यो सबै सडक नयाँ निर्माण गर्ने र खोलामाथि कल्र्भट बनाउनेगरी डिजाइन गरिरहेका छौँ ।” 

काठमाडौं महानगर पनि यसपटक सडक डिभिजन कार्यालयलाई नै मर्मत गर्न दिने तयारीमा छ । महानगरका प्रवक्ता नवीन मानन्धर भन्छन्, “जसले छिटो बनाउँछ, उसैले बनाउने हो । डिभिजनले छिटो बनाउँछ भने बनाओस् । जसले बनाए पनि राज्यकै सडक हो ।”

sadak-4-1723191387.jpg
काठमाडौं महानगरले वि.सं. २०७९ मै टुकुचा खोलामाथि बनेका घर–संरचना हटाउन खोजेको थियो । तर, उच्च अदालत पाटनले महानगरको काम रोक्न आदेश दिएको थियो । त्यही टुकुचा खोलामाथिको सडकमा भ्वाङ परेपछि महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा खोलामाथि बनेका घर–संरचनाको लगतकट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाएको बताएका छन् ।

sadak-8-1723191416.jpg

sadak-maa-vuwong-1723191416.jpg

sadak-5-1723191415.jpg

sadak-6-1723191415.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro