site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
अभिनन्दन तथा सम्मानको घोषणा

काठमाडौं । साहित्यिक पत्रकार संघले सात सर्जकलाई ‘सापस विशिष्ट सर्जक सम्मान’बाट अभिनन्दित तथा सम्मानित गर्ने घोषणा गरेको छ । 

संघले जारी गरेको विज्ञप्तिअनुसार अभिनन्दित हुने अग्रज सर्जकमा साहित्यकार तेजेश्वरबाबु ग्वङ्ग, रोचक घिमिरे, कालीप्रसाद रिजाल, भागीरथी श्रेष्ठ, वसुन्धरा भूषाल, रामबाबु सुवेदी र डा. दुबसु क्षेत्री छन् । 

Dabur Nepal

देवीभक्त श्रेष्ठलाई सापस विशेष सर्जक÷अभियन्ता सम्मान, सविता श्रेष्ठ ‘बेहोसी’लाई सापस विशेष सिर्जना सम्मान तथा बाबुराम श्रेष्ठलाई सापस प्रतिभा सम्मानबाट सम्मानित गरिने जनाएको छ । 

साहित्यकारहरू नरेन्द्रबहादुर श्रेष्ठ, पद्मावती सिंह र उन्नती बोहरा शीला सम्मिलित समितिको सिफारिसलाई संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro