site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
श्रीलंकालाई हराउँदै इरान तेस्रो

काठमाडौं । नेपालमा जारी काभा महिला भलिबल नेसन्स लिगको तेस्रो स्थान इरानले हासिल गरेको छ । इरानले बुधबार भएको तेस्रो स्थानको खेलमा दक्षिण एसियाली मुलुक श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको हो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा भएको खेलमा इरानले पहिलो सेट २५–२२ ले जितेको थियो । दोस्रो सेटमा श्रीलंकाले बलियो चुनौती प्रस्तुत गरे पनि जित निकाल्न भने सकेन । इरानले दोस्रो सेट २८–२६ ले जितेको हो । तेस्रो सेटमा २५–१७ को सहज जित निकालेपछि इरानले प्रतियोगिताको तेस्रो स्थान पक्का गरेको हो । 

प्रतियोगिताको सेमिफाइनलमा इरानलाई नेपालले हराएको थियो । मंगलबार भएको उक्त खेलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा हराएको हो । यस्तै, श्रीलंका भने भारतसँग ३–० कै सोझो सेटमा पराजित भएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro