site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माधव बिडारीको उपन्यास ‘फेरिल’ लोकार्पित 

काठमाडौं । साहित्यकार माधव बिडारीद्वारा लिखित उपन्यास ‘फेरिल’ व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले लोकार्पण गरेकी छन् । उपन्यासमा आदिवासी, जनजाति, सीमान्तकृत दरै जातिहरूको विषयवस्तु समेटिएको उपन्यासकार बिडारीले जानकारी दिए । 

तनहुँको दमौलीमा आयोजित कार्यक्रममा दरैले कृति सार्वजनिक गर्दै आदिवासी जनजाति दराई समुदायको कथावस्तुमा आधारित रहेर लेखिएको यस उपन्यासले यस समुदायको रीतिरिवाज, कला, संस्कृतिको संरक्षणमा थोरै भए पनि मदत पुग्ने बताइन् ।

गण्डकी वाङ्मय प्रतिष्ठान, तनहुँकी अध्यक्ष गौकुमारी न्यौपानेले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गरिन् ।

उक्त अवसरमा आदिकवि भानुभक्त क्याम्पस दमौलीका प्रमुख महाप्रसाद हड्ख, चिजबहादुर दरै, दिलबहादुर दरै, ठाकुरबहादुर दरै, विजय दरै, उपन्यासकार बिडारी लगायतले बोलेका थिए । 

पूर्वकथा र अपूर्वकथा गरी दुई भागमा विभाजित उपन्यास १२३ पृष्ठको रहेको जनाइएको छ । उपन्यास स्रष्टालय बुक्स एन्ड पब्लिकेसन, टोखाले प्रकाशनमा ल्याएको हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro