site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बेलायती हिंसामा ४०० जना गिरफ्तार

लन्डन । बेलायतमा पछिल्लो सप्ताहान्तबाट सुरु भएको हिंस्रक प्रदर्शनमा करिब ४०० जना गिरफ्तार भएका छन् । नेशनल पुलिस चिफ काउन्सिलले आगामी दिनमा पनि गिरफ्तारी बढ्न सक्ने जनाएको छ । 

यसअघि प्रधानमन्त्री किएर स्टार्मरले हिंसालाई नियन्त्रण गर्न विशेषज्ञ प्रहरी अधिकारी तैनाथ गरिएको जनाएका थिए । कतिपय स्थानमा प्रहरी अधिकारी पनि घाइते भएका छन् ।

बेलायतको साउथपोर्टमा एक डान्स पार्टीमा चक्कु प्रहारबाट तीन बालिकाको मृत्युपछि हिंस्रक घटना फैलिएको हो । 

यसक्रममा आप्रवासीविरोधी र समर्थकहरूबीच कतिपय स्थानमा झडप पनि भएको छ । बीबीसी

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro