site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मकवानपुर, झापा, सप्तरी, मोरङ र सुनसरीमा भारी वर्षा 
फाइल तस्बिर ।

काठमाडौं । देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ । मकवानपुर, झापा, सप्तरी, मोरङ, सुनसरीका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ । 

मकवानपुरको बकैया नदी जुरेलीबजार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास पुगेको छ । जलसतह बढ्दो क्रममा रहेको छ । बकैया नदीको बारासम्मकै नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनेहरूले बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

सप्तरी जिल्लाको खाडो नदी, पूर्व–पश्चिम राजमार्ग जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास पुगेको छ । वर्षा भएरहेको र जलसतह बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनेहरूलाई बिहान १० बजेसम्म उच्च सावधानी अपनाउन विभागको आग्रह छ । 

झापाको सिस्ने, मोरङको हरैँचा र केराबारी, सुनसरीको धरान, सप्तरीको रुपनी बजार वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । 

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बग्ने बिरिङ, चिस्याङ, लोहन्द्रा, केसलिया नदी र अन्य स–साना खोलामा आकास्मिक बहावको जोखिम छ । त्यसैले नदी तटीय क्षेत्रमा रहनेले बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउनुपर्ने विभागले जनाएको छ । 


 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro