site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बंगलादेश अशान्त बनेसँगै सशस्त्र प्रहरी बलले गर्‍यो सीमा क्षेत्रमा कडाइ
फाइल तस्बिर ।

काठमाडौं । बंगलादेशमा चर्किएको आन्दोलन र हिंसालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले सीमा क्षेत्रको चेकजाँचमा कडाइ गरेको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार कोसी र मधेस प्रदेशको विभिन्न सीमा क्षेत्रको सुरक्षामा खटिएको आउट बोर्डर पोष्ट (बीओपी)का लागि थप जनशक्ति परिचानल गरिएको छ ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट थप जनशक्ति कोसी पठाइएको हो । बंगलादेश हुँदै झापाको बाटो पैदल नै आउन सकिन्छ ।

बंगलादेशमा पछिल्लो समयमा आरक्षणविरोधी आन्दोलनमा कम्तीमा ३०० भन्दा बढी विद्यार्थी मारिएपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार राजीनामा दिँदै देश छाडेकी छन् ।

पछिल्लो समय बंगलादेशमा भड्किएको आन्दोलनलाई पहिले उनले दबाउने प्रयास गरेकी थिइन् । सेनाले साथ नदिएपछि उनी राजीनामा दिएर देश छाड्न बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

भारतले पनि आफ्नो सीमा क्षेत्रमा कडाइ गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro